साप्ताहिक संवाददाता
जानकी पन्त, मोडल/गायिका
- प्रेम दुई आत्माको मिलन हो, जसको आभासले मात्र पनि मन आनन्दित हुन्छ ।
- आफ्नो प्रेमी अथवा प्रेमिकालाई आफूअनुकूल बनाउने प्रयासभन्दा पनि एक–अर्काको अस्तित्वलाई स्वीकार गर्न सके मात्र प्रेम सफल अनि दिगो हुन्छ ।
- प्रेममा विश्वास सबैभन्दा ठुलो मन्त्र हो । त्यसैले एक–अर्काप्रतिको विश्वास कहिल्यै टुट्न दिनु हुँदैन । शंकाले प्रेममा फाटो आउन सक्छ, त्यसैले यसबाट जोगिनु उपयुक्त हुन्छ ।
- प्रेम नै एउटा यस्तो चिज हो जसले बाटो बिराएको मान्छेलाई समेत सही मार्गमा ल्याउन सक्छ ।
- साँचो प्रेमले कसैको अगाडि लाचार भएर घुँडा टेक्दैन । प्रेममा एउटा यस्तो शक्ति हुन्छ, जसले जस्तो सुकै बाधासमेत सामना गर्न सक्छ । त्यसैले साँचो प्रेममा बिछोडको कल्पना पनि नगरे हुन्छ ।
- प्रेममा कहिल्यै प्रमाण खोज्नु हुँदैन ।
- एक–अर्काको दु:खसँगै खुसीको अवसरमा अझ बढी साथ दिनुपर्छ, किनभने आफ्नो मान्छेको साथ बिना खुशी सधैं अधुरो हुन्छ ।
- आफ्ना प्रेमी–प्रेमिका नराम्रो बाटोमा लागेका छन् भने सही मार्गमा ल्याउने प्रयास गर्नुपर्छ ।
- यदि आफूसँग साँचो प्रेम छ भने जस्तोसुकै कठिन काम पनि सहज लाग्छ र जस्तोसुकै कष्ट सहेर पनि खुशीसाथ बाँच्न सकिन्छ ।
- पैसाले केवल सुख किन्न सकिन्छ, खुसी किन्न सकिँदैन । खुसी हुनका लागि मान्छेलाई प्रेम चाहिन्छ ।