नोबेल पुरस्कार
शान्ति
यस वर्षको नोबेल शान्ति पुरस्कार ट्युनिसियाको नेसनल डायलग क्वार्टेटलाई प्रदान गरियो । सन् २०११ मा ट्युनिसियामा भएको ‘जस्मिन रिभोल्युसन’ पछि लोकतन्त्र, शान्ति र स्थायित्व स्थापनामा महत्त्वपूर्ण योगदान गरेको भन्दै समितिले नोबेल शान्ति पुरस्कार प्रदान गरेको हो ।
भौतिक शास्त्र
भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जापानका टाकाकी काजिता र क्यानाडाका आर्थर बी म्याक्डोनाल्डलाई संयुक्त रूपमा प्रदान गरियो । न्युट्रिनोहरूले कसरी आफ्नो पहिचान बदल्छन् भन्ने कुरा पत्ता लगाएबापत उनीहरूलाई यो पुरस्कार प्रदान गरिएको हो ।
रसायन शास्त्र
रसायन शास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका पाल माड्रिच, स्वीडेनका थामस लिंडहल तथा तुर्कमेनिस्तानका अजिज सनकारलाई संयुक्त रूपमा प्रदान गरियो । उनीहरूले कोषले नष्ट डीएनएलाई मर्मत गर्ने प्रक्रिया पत्ता लगाएका हुन् ।
चिकित्साशास्त्र
चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार जापानी प्राध्यापक ड्रमेरिट्स साटोसी ओमुरा, आयरल्यान्डका विलियम क्यामपबेल एवं चीनका तु युयुलाई मलेरिया तथा जुकाजन्य परजीविका कारण लाग्ने रोगको औषधि आविष्कार गरेबापत संयुक्त रूपमा प्रदान गरियो ।
साहित्य
साहित्यतर्फको नोबेल पुरस्कार बेलारुसकी ६७ वर्षीया श्वेतलाना एलेक्सियाविचलाई प्रदान गरियो । उनी बेलारुसमा राजनीतिक लेखिकाका रूपमा चिनिन्छिन् ।
रमन म्यागसेसे पुरस्कार
यो वर्षको रमन म्यागसेसे पुरस्कार भारतका सञ्जीव चतुर्वेदी, लाओसका कोमाली चान्थाभोङ, फिलिपिन्सका लिग्या फर्नान्डो, म्यानमारकी किब्बो थुलाई प्रदान गरियो । यो पुरस्कारलाई एसियाको नोबेल पुरस्कार मानिन्छ ।
अर्थशास्त्रतर्फ
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री एङ्गस डिटनलाई प्रदान गरियो । डिटनलाई ‘उपभोग, गरिबी र कल्याण’ विषयमा गरेको विश्लेषणका लागि यो पुरस्कार दिइएको हो ।
५७ औं ग्रामी एवार्ड
विश्वप्रसिद्ध ग्रामी एवार्ड ‘एल्बम अफ द इयर’का लागि बिक, बब लुडवीग र टम इल्महिस्र्टलाई संयुक्त रूपमा प्रदान गरियो । ‘सङ अफ द इयर’का लागि साम स्मिथ, जिम्मी नाप्स तथा विलियम फिलिप्स संयुक्त रूपमा पुरस्कृत भए । ‘रेकर्ड अफ द इयर’का लागि साम स्मिथ, रोडनी जर्किन्स र जिम्मी नाप्स संयुक्त रूपमा पुरस्कारको हकदार बने । ‘वेस्ट न्यू आर्टिस्ट’ र ‘वेस्ट पप भोकल एल्बम’का लागि साम स्मिथले नै उक्त एवार्ड प्राप्त गरे ।
द म्यान बुकर
यस वर्षको बुकर पुरस्कार जमैकाका लेखक मार्लोन जेम्सले प्राप्त गरे । यो पुरस्कार उनले ‘अ ब्रिफ हिस्ट्री अफ सेभेन किलिङ्स’ नामक फिक्सनबापत पाएका हुन् ।
वल्र्डस चिल्ड्रेन पिस प्राइज
सन् २००० देखि वितरण गर्न थालिएको बालबालिकाको क्षेत्रको नोबेल पुरस्कार मानिने वल्र्डस चिल्ड्रेन पिस प्राइज लिवियाका अब्राहम एम केइतालाई प्रदान गरियो । हिंसापीडित बालबालिकाहरूलाई न्याय दिलाउन संघर्ष गरेवापत केइताले उक्त पुरस्कार प्राप्त गरेका हुन् ।
अनुराधालाई चाइल्ड १० एवार्ड
मानव बेचबिखनविरुद्धको अभियानमा अग्रणी भूमिका निर्वाह गरेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई स्वीडेनको चाइल्ड १० (सी टेन) अन्तर्राष्ट्रिय एवार्ड प्रदान गरियो ।
शक्ति समूहलाई फ्रान्सको मानवअधिकार पुरस्कार
मानव बेचबिखन र हिंसाबाट पीडित महिला तथा बालबालिकाको पक्षमा गरेको पैरवीको सम्मान गर्दै फ्रान्सले शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारलाई फ्रेन्च रिपब्लिक ह्युमन राइट्स एवार्ड–२०१५ प्रदान गर्यो । सोही कार्यका लागि सुनिता दनुवार ताइवान फाउन्डेसन फर डेमोक्रेसी नामक संस्थाबाट ‘एसिया डेमोक्रेसी एन्ड ह्युमन राइट्स’ एवार्डबाटसमेत सम्मानित भइन् । यो पुरस्कार प्राप्त गर्ने उनी पहिलो नेपाली हुन् ।
वल्र्ड हस्पिटालिटी एवार्ड
यो वर्षको वल्र्ड हस्पिटालिटी एवार्ड सांग्रिला होटल काठमाडौंका एक्जुकेटिभ सेफ महेश ढकाललाई दिइयो । यो पुरस्कार फ्रान्सको पेरिसमा हरेक वर्ष विश्व पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रमा उत्कृष्ट काम गरेबापत प्रदान गरिन्छ ।
म्यागी भइन् सीएनएन हिरो
अमेरिकी टेलिभिजन च्यानल सीएनएनले म्यागी डोड्रनलाई सीएनएन हिरो–२०१५ घोषित गर्यो । नेपालमा बसेर समाजिक कार्य गर्दै आएकी डोड्रनले यो पुरस्कार हात पारेसँगै नेपालले तेस्रो पटक यो पुरस्कार प्राप्त गर्यो ।
वेस्ट टिचर एवार्ड
जापानमा अंग्रेजी भाषा शिक्षण गर्दै आएका खोटाङका भुवन रोकालाई टोकियोस्थित शिनोकुबोको सेह इंग्लिस एकेडेमीले बेस्ट टिचर एवार्डबाट सम्मानित गर्यो ।