साप्ताहिक संवाददाता
जनवरी १ मा अंग्रेजी पात्रोको चलन भएका देश र स्थानहरूमा नयाँ वर्षको उत्सव मनाइन्छ । उक्त दिन नेपालका नेपालीहरूमा समेत पर्वजस्तो उल्लासमय वातावरण हुने हुँदा नेपाली टोपी लगाएर जनवरी १ लाई अझै बिशेष बनाउन सकिन्छ भन्ने अवधारणाअनुरूप नेपाली टोपी दिवस २०१४ जनवरी १ देखि संसारभर मनाउन थालिएको हो । यसले अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि टोपी संस्कारलाई थप प्रवद्र्धन र प्रसार गर्न मद्दत गर्दै आएको छ ।
नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानहरूमा नेपालीपनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रवद्र्धन भैरहेको अहिलेको अवस्थामा समग्र नेपालीहरूको साझा र मौलिक पहिचानका रूपमा नेपाली टोपी पनि रहँदै आएको छ । शताब्दीऔंदेखि प्रयोग भैरहेको नेपाली टोपीलाई विश्वव्यापी बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो ।
गत वर्षजस्तै यसपालि पनि १ जनवरी २०१५ का दिन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाइँदैछ । १ जनवरीका दिन आ–आफ्नो स्थान र अवस्थाअनुसार नेपाली टोपी लगाई हिँड्न तथा फोटो खिची नेपाली टोपी दिवसको फेसबुकमा अपलोड गर्न यसका आयोजकहरूले अनुरोध गरेका छन् । आयोजकरूले आ–आफ्नो फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा नेपाली टोपी लगाइएका तस्बिरलाई नै आ–आफनो वाल र प्रोफाइल पिक्चरका रुपमा प्रयोग गर्न पनि अपिल गरेका छन् ।
उक्त अभियानका अभियानकर्ताहरुले आगामी शुक्रवार माईतिघर मण्डलामा विहान ८ बजे भेला राष्ट्रिय पोशाक वा नेपाली टोपी लगाएर भेला हुन अनुरोध समेत गरेको छ ।