यस वर्षको मिस नेपालगन्ज–२०१५ को उपाधि सुमन थापाले जितेकी छिन् । उनले १२ जना प्रतिस्पर्धीलाई उछिन्दै यो प्रतियोगिताको ताज हात पारेकी हुन् । मिस नेपालगन्ज–२०१२ को उपाधि जितेकी शिला बास्तोलाले उनलाई ताज पहिर्याएकी थिइन । एक्स जेनरेसनले २०११ मा मिस नेपालगन्ज सुरु गरेपछि २०१२ मा पनि त्यसलाई निरन्तरता दिएको थियो । त्यसयता भने यो प्रतियोगिता हुन सकेको थिएन ।
५ फिट २ इन्चभन्दा अग्ला तथा १६ देखि २२ वर्ष उमेर समूहका अविवाहित, एसएलसी उत्तीर्ण युवतीहरूलाई यो प्रतिस्पर्धामा सहभागी गराइएको थियो । मिस नेपालगन्जको उपाधि जित्नेले छाप्रोमा म्युजिक स्टुडियोका तर्फबाट २ वटा म्युजिक भिडियो, नेपाली चलचित्रका नायक तथा निर्माता हसन खानको ब्यानरमा बन्ने चलचित्रमा मुख्य भूमिका, थुप्रै आकर्षक उपहार, नि:शुल्क एयरहोस्टेज तालिम प्राप्त गर्ने आयोजक संस्थाका रतन कर्णले बताए ।