साप्ताहिक संवाददाता
यतिखेर नर्सिङ पेसासित आबद्ध र नर्सिङ अध्ययनर करिब ४ दर्जन युवनीहरू आफ्नो व्यक्तित्वलाई निखार्न र आफ्नो आत्मविश्वास तिखार्नमा व्यस्त छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा सञ्चालन हुने …‘युनिक्याम्प मिस नर्स–२०७२’ का सहभागी उनीहरू मूलत: कोरियोग्राफर रोजिन शाक्यको निर्देशनअनुसार आफूलाई ग्रान्ड फिनालेको प्रतिस्पर्धाका लागि तयार गरिरहेका छन् ।
ग्रुमिङका विविध आयामसित साक्षात्कार हुने क्रममा सहभागी सुन्दरीहरू हाल फोटोसेसन, महिला सशक्तीकरण, सञ्चार कला, सामाजिक क्रियाकलाप, मेकअप, फेसन महिला सशक्तीकरण, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोग आदि विषयमा प्रशिक्षण एवं जानकारी प्राप्त गरिरहेका छन् ।
नर्सिङ पेसाले समाजमा पुर्याएको योगदानको कदर र सम्मान गर्दै यो पेसा रमाएका र भविष्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्य रहेको मिस नर्स नेपाल प्रतियोगिताको तेस्रो संस्करण फाइनल प्रतिस्पर्धा यही माघ २ गते सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सञ्चालन हुनेछ । आयोजकका अनुसार प्रतियोगितामार्फत सिर्जनशील बालगृहलाई आर्थिक सहयोग गरिने लक्ष्य पनि राखिएको छ ।