साप्ताहिक संवाददाता
पुस १५, २०७२
धादिङको मलेखुमा राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सव भव्य रूपमा सञ्चालन भैरहेको छ । ‘घरेलु उद्योग कृषि जलुस्रोत पर्यटन प्रवद्र्धन, आर्थिक समृद्धि हाम्रो अभियान’ भन्ने नाराका साथ पुस ९ गते उद्घाटन गरिएको महोत्सव हजारौंले अवलोकन गरिरहेका छन् ।
आइतबार १९ गतेसम्म सञ्चालन हुने मेलामा हास्यकलाकारहरू मनोज गजुरेल तथा धुर्मुस–सुन्तलीको जोडी पनि सहभागी छन् । मेलामा देशभरकै पर्यटकको भीड लागेको मेलाका संयोजक लोकनाथ डल्लाकोटीले बताए । मेला २ लाखभन्दा बढीले अवलोकन गर्ने र १० करोडभन्दा बढीको कारोबार हुने आयोजकहरूको अपेक्षा छ ।