साप्ताहिक संवाददाता
पुस १५, २०७२
थाइल्यान्डको पेभिमोल कम्पनीले उत्पादन गरेका छाला स्याहार गर्ने प्रशाधनको नेपाली बजारमा बिक्री प्रारम्भ गर्न काठमाडौंमा एउटा फेसन शो सम्पन्न गरियो । नेप्लिज फेसन होमले आयोजना गरेको फेसन शोमा महिला तथा पुरुष मोडलहरूले दुई भिन्न सिक्वेन्समार्फत पाभिमोलका विभिन्न उत्पादन प्रदर्शन गरेका थिए ।
अभिनेत्री करिश्मा मानन्धर, अभिनेता तथा मिस्टर नेपाल आयुष्मान घिमिरे, नायिका शिल्पा पोखरेलसमेत र्याम्पमा प्रस्तुत भएको समारोहमा फ्री ह्विल प्रालिले काठमाडौंबाट पहिलो चरणमा पेभिमोलका उत्पादन बजारमा पुर्याएको जानकारी गराइयो । सुट, इभिनिङ गाउन तथा साडीमा सजिएका मोडलहरूले नेपालमा उपलब्ध हुने पेभिमोल कम्पनीका उत्पादनहरूको नमुना प्रदर्शन गरेका थिए । फेसन शो प्रारम्भ हुनुअघि चर्या नृत्यसमेत प्रदर्शन गरिएको थियो ।