साप्ताहिक संवाददाता
- गजित विष्ट, अभिनेता
पुस्तक : मुनामदन
मुनामदनमा धेरै नेपालीको कथाव्यथा फेला पार्न सकिन्छ र त्यसको पीडा महसुस गर्न सकिन्छ ।
गीत : सुन्दर छ दुनियाँ
चलचित्र ‘लभ यू बाबा’ को यो गीतको शब्दमा वास्तविकता छ । गीतमा व्यक्त गरिएका भावनाले मेरो मन छोएको छ ।
गायक : स्वरुपराज आचार्य
मलाई मनपर्ने गायक धेरै हुनुहुन्छ तर स्वरुपराज आचार्यका गीत सुन्दा बेग्लै आनन्द आउँछ । आधुनिकदेखि चलचित्रका गीतसम्ममा आचार्यको स्वर सुमधुर सुनिन्छ ।
गायिका : रजिना रिमाल
सुरिलो स्वरकी धनी यी गायिकाका प्राय: सबै गीत कर्णप्रिय छन् । उनले गाउने चलचित्रका गीत पनि उत्तिकै सुमधुर हुन्छन् ।
संगीतकार : सुरेश अधिकारी
हरेक गीतलाई राम्रोसँग सिंगार्ने क्षमता भएका संगीतकार सुरेश अधिकारी नै हुन् जस्तो लाग्छ । गीत रचनामा पनि अब्बल यी संगीतकार मेलोडीका खानी नै हुन् ।
रंग : रातो
रातो रंगसँग हामी कहिल्लै अलग हुन सक्दैनौं । हाम्रो रगतको रंग पनि रातो छ र म रातै रंगका पहिरनमा खुल्छु ।
मौसम : समर
जाडोको तुलनामा गर्मी मौसम नै मनपर्छ । कम पहिरन लगाए पनि हुन्छ । गर्मीमा चल्ने चिसो हावाको स्पर्शले मन–मस्तिष्क नै स्वच्छ बनाउँछ ।
अभिनेता : दयाहाङ राई
दयाहाङ राईको अभिनय प्राकृतिक र मौलिक छ ।
अभिनेत्री : केकी अधिकारी
केकी अधिकारीको अभिनय त मन पर्छ नै, साथै उनको आँखा पनि आकर्षक छ ।
नृत्य निर्देशक : गम्भीर विष्ट
नृत्यको क्रिएसनमा धेरै माथि छन् यी निर्देशक । कोरियोग्राफीका लागि आफ्नो सम्पूर्ण समय खर्चिएका छन् ।
खाना : चिकेन रोष्ट
मलाई कुखुराको मासुका प्राय: सबै परिकार उत्तिकै स्वादिस्ट लाग्छन् । चिकेन रोस्ट पाएँ भने भात खानै बिर्सन्छु ।
पहिरन : क्याजुअल
म प्राय: जिन्स र टिसर्ट नै मन पराउँछु । रातो रंगका कुनै पनि क्याजुअल पहिरनमा म हेण्डसम देखिन्छु जस्तो लाग्छ ।
मन्दिर : पशुपतिनाथ
म भोले बाबाको भक्त हुँ । महादेवका प्राय: सबै मन्दिर उत्तिकै प्रिय लाग्छन् । देवहरूका देव महादेवको पशुपतिनाथ मन्दिर हप्तामा एक पटक पुग्ने प्रयास गरिरहन्छु ।
ठाउँ : पोखरा
हुन त आफ्नो जन्मथलो (विराटनगर) सबैलाई प्यारो लाग्छ, तर मलाई नेपालमा पोखरा जस्तो सफा, स्वच्छ र राम्रो ठाउँ अन्यत्र कहीँ छ जस्तो लाग्दैन ।