साप्ताहिक संवाददाता
नयाँ संविधान बनेपछि देशमा शान्ति र स्थायित्व आउनेछ । समग्र देश विकासको मार्गमा तीव्र गतिमा अघि बढ्नेछ, युवा पलायन रोकिनेछ, गरिबी हट्नेछ, दु:ख–पीडा खेप्नु पर्दैन, बन्द–हड्ताल, आन्दोलन रोकिनेछ भन्ने कुरा दिवास्वप्न मात्र रहेछ ।
ज्ञानदीप गाउँले
नेपाली फुटबल कहिल्यै अघि नबढ्ने भयो । सरकारले यो क्षेत्रमा राम्रो लगानी गर्नुपर्यो ।
राजन रेक्स
भूकम्पपीडित जनता चिसोका कारण मर्दैछन् भन्ने समाचार सुनेर आँखामा आँसु आयो । भूकम्प गएको यत्रो समय भैसक्यो । यतिबेला घर पु:न निर्माण गरिसक्नुपर्ने हो । यो चिसोमा त्रिपाल र जस्ताको छानामुनि कष्टकर जीवन गुजारा गरेको देख्दा सरकारको मन अलिकति पनि दुख्दैन ? यो त अति नै भएन ?
सुरविन्द्र
भूकम्पपीडितको नाममा नेताहरूले आफ्ना सन्तानलाई विदेश पठाएको समाचार सुनेर नमज्जा लाग्यो । वास्तविक पीडितहरूले खान–लगाउन पाएका छैनन् । ठूलाबडाका सन्तानले विदेश घुम्ने, मस्ती गर्ने कुरा पटक्कै सुहाएन ।
शान्ति बजगाईं