मेष
आफूभन्दा उपल्लो हैसियतका व्यक्तित्वहरूले दिएको मार्गदर्शन अवलम्बन गर्दा प्रशंसा प्राप्त हुनेछ । कार्यक्षेत्रका अवरोधहरू स्वत: हट्दै जानेछन् । लाभदायक यात्राको सम्भावनालाई नर्कान सकिँदैन । पारिवारिक जमघटका बीच विभिन्न स्वादिष्ट परिकारमा रमाउन पाइनेछ । साताको अन्त्यतिर स्वास्थ्यको ख्याल राख्नुपर्नेछ ।
वृष
पुराना साथीसँगको भेटघाटले तपाईंको नेतृत्वलाई अनुमोदन गर्दै नयाँ व्यवसायको श्रीगणेश गर्ने सम्भावना छ । कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ । सवारी साधन चलाउँदा संयमित रहनुहोला । मित्रहरूको आर्थिक सहयोग प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ ।
मिथुन
स–साना गल्ती औंल्याइदिँदा मन पराउनेहरू नै आलोचक बन्न सक्छन् । अपेक्षा अनुरूपको नतिजा प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ । विदेश यात्राको योग छ । नयाँ कार्य सम्पन्न गर्न थप मेहनत आवश्यक देखिन्छ । सामान्य स्वास्थ्य बाधा भए पनि प्रशस्त पानी सेवनका कारण स्वास्थ्य अनुकूल नै रहनेछ ।
कर्कट
योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । भ्रमण, खानपान तथा फेसनमा धन खर्च हुने देखिन्छ । परिणाममुखी कार्य सम्पन्न गर्न केही समय लाग्नेछ । पूण्य आर्जनको कार्यमा संलग्न हँुदै मठ–मन्दिर परिक्रमा गर्नु लाभदायक हुनेछ ।
सिंह
प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन् । संयम एवं बोलीको मधुरताले बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ । खानपानमा फेरबदल हुँदा शारीरिक दुर्बलता देखा पर्न सक्छ । सुनौलो रंगको प्रयोगले सहजता महसुस गराउनेछ । यो साता इष्टमित्रबाट टाढै रहँदा लाभ हुनेछ ।
कन्या
कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ । प्रेमी–प्रेमिकाले आफ्नो सपना साकार पार्न आफूलाई वास्तविकताको धरातलमा उभ्याउनु श्रेयस्कर हुन्छ । सामाजिक क्षेत्रमा नेतृत्वदायक भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ । घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ ।
तुला
हात लागेका अवसरहरूलाई निरन्तरता दिन सकिए भविष्यको चिन्ता सहजै निर्मूल हुनेछ । चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ । प्रेमी–प्रेमिकाबीच उत्पन्न समस्या समाधान गर्न नयाँ रणनीति आवश्यक देखिन्छ । साताको अन्त्यमा सवारी साधन खरिद गर्न उत्सुक भइनेछ ।
वृश्चिक
सम्झनालायक कार्य सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ । राज्यस्तरबाट प्राप्त जिम्मेवारी सम्पन्न गर्न थप मेहनत आवश्यक देखिन्छ । उपहारसहित भेट्न आउनेहरूसँग सतर्क रहनुहोला । खरानी रंगको पहिरनबाट नयाँ ऊर्जा प्राप्त गर्न सकिनेछ, जसले कतिपय समस्या समाधानमा सहयोग मिल्न सक्छ ।
धनु
समकक्षी युवायुवतीमाझ गुणस्तरीय परिचय बनाउने अवसर प्राप्त हुनेछ । सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिने सम्भावना छ । मनोरञ्जन तथा भोजभतेरमा सहभागी हुँदा स्वास्थ्यप्रति सचेत रहनु होला । सामाजिक सक्रियता वृद्धि गरे परिवारकै प्रतिष्ठा बढ्नेछ ।
मकर
प्रेमी–प्रेमिकाबीच देखापरेको धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ । आफ्नो सामथ्र्य बिर्सिएर अर्काको देखासिकी गर्दा ठूलो क्षति बेहोनुपर्ने हुनसक्छ । रोजगारीको क्षेत्रमा ढिलै अवसर हात लागे पनि सही मार्ग पहिल्याइनेछ ।
कुम्भ
परिवारका कुनै सदस्यको मांगलिक कार्य सम्पन्न गर्ने तिथि तय हुन सक्छ । सामूहिक लगानीमा गरिएको व्यवसायले लाभ दिलाउनेछ । शुभ कार्यका लागि आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला, सामानहरू छुट्ने/हराउने सम्भावना छ । पहेंला धातु तथा विलासिताका सामानहरूसमेत खरिद हुनसक्छ ।
मीन
कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ, जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ । मन पराउने तथा प्रेम प्रस्ताव राख्नेहरूसँग सचेत रहनु नै आफ्नो हितमा छ । बुधबारपछिका दिनमा पूण्य आर्जनको कार्यमा लागिनेछ । खानपानमा देखिएको असावधानीले स्वास्थ्य समस्या देखा पर्न सक्छ । पहेंला फलफुल सेवन गर्दा स्वास्थ्यअनुकूल रहनेछ ।