साप्ताहिक संवाददाता
उत्कृष्ट १२ मध्ये २ जना प्रतिस्पर्धी बाहिरिएपछि बिग आइकनमा अब उत्कृष्ट १० प्रतिस्पर्धी उपाधिका लागि भिड्ने भएका छन् । बिहीबार भएको अडिसनबाट सोनुकुमार बिक र मनोज पुन बाहिरिएका हुन् । उत्कृष्ट १० पछि बिग आइकन केही फरक ढंगले अघि बढ्ने आयोजक संस्था बिग एफएमले जनाएको छ ।
‘अहिलेसम्म निर्णायकको निर्णयबाट मात्रै यहाासम्म आइपुगेका प्रतिस्पर्धीहरुले आगामी चरणमा अगाडि बढ्न भने एसएमएस भोटिङको पनि भर पर्नुपर्ने हुन्छ ।’ बिग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने– ‘त्यसैगरी अहिलेसम्म गिटार र पियानोमा मात्रै गीत गाउादै आएका प्रतिस्पर्धीहरुले अन्य थुप्रै बाजागाजामा गीत गाउनेछन् ।’
एफएमले दिएको जानकारीअनुसार अबका दिनमा उत्कृष्ट तीनसम्म हरेक अडिसनबाट एक जनामात्रै प्रतिस्पर्धी बाहिरिनेछन् । उनीहरुको निर्णयअधिकारमा निर्णायकको ६० र स्रोताले गर्ने एसएमएस भोटिङको ४० प्रतिशत हिस्सा हुनेछ । बिग आइकनको यो संस्करणमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बानियाँ निर्णायक छन् ।