साप्ताहिक संवाददाता
आफ्नी श्रीमतीलाई कुकुरजस्तै बनाएर घुमाउने बेनन क्याडमेन फेरि अर्को बिलासी तस्बिर सार्वजनिक गरेर चर्चामा आएका छन् । अस्ट्रेलियाका सबैभन्दा ठूला ड्रग माफिया बेननले यसपालि आश्चर्यलाग्दो भोजको तस्बिर सार्वजनिक गरेका छन् । यसका लागि उनले २ लाख ५० हजार युरो खर्चिएको लोकप्रिय बेलायती वेबसाइट डेली मेलले जनाएको छ ।
डेलीमेलका अनुसार बेननले आफ्नो जीवनकालको सबैभन्दा ठूलो भोज सम्पन्न गरेका हुन् । उक्त भोज उनले आफ्नो फर्म हाउस गोल्ड कोस्टमा सम्पन्न गरेका थिए । भोजमा बेननका व्यापारसँग जोडिएका नजिकका व्यक्ति र साथीहरू उपस्थित थिए, जसले उन्मुक्त मोजमस्ती गरे । खबरमा जनाइएअनुसार पार्टीमा बेननले सञ्चारमाध्यमलाई पनि आमन्त्रण गरेका थिए र आफ्नो बिलासी जीवनको तस्बिर खिचाएका थिए ।
भोजलाई रंगीन बनाउन महँगा मोडलहरूलाई पनि निम्तो गरिएको थियो । ती मोडल आगन्तुकहरूको आसपासमा घुमिरहेका देखिन्थे । माफिया बेननले पार्टीमा अस्ट्रेलियाका ५ सयभन्दा बढी धनाढ्यलाई बोलाएका थिए ।
भोजमा केही युवती तथा मोडललाई त बोलाइएको थियो तर चार युवती भने यस्ता थिए, जसले पार्टीका क्रममा बेननको साथ छाडेनन् । पार्टीमा कसैले जादु देखाएर त कसैले कामुक हाउभाउसहितको नृत्य गरेर आगन्तुकहरूलाई मनोरञ्जन प्रदान गरे । महँगा मोडलका साथै हात्तीको उपस्थितिले पनि पार्टीलाई थप रोचक तुल्याएको थियो ।
रमाइलो त के भने उक्त वातावरणमा बेननले आफ्ना तर्फबाट प्रस्तुति पनि दिए । यही क्रममा केही महिलालाई सर्वाङ्ग बनाएर डोरीले बाँधेर लडाइएको थियो । केही महिलाले यस्तो पहिरन लगाएका थिए, जसले मुस्किलले उनीहरूको शरीर ढाक्न सक्थ्यो । केही युवती र आगन्तुक यस्ता थिए, जो सबै मर्यादा तोडेर केवल अन्तर्वस्त्रमा घुमिरहेका थिए । केही दिन अघि बेननले आफ्नी दोस्रो श्रीमतीसँग झगडा गरेका थिए । यद्यपि पार्टीमा दुवै जना साथै देखिए । ड्रग्स माफिया बेननको यो भोजलाई ‘धनको नाङ्गो नाच’को संज्ञा दिइएको छ ।
बेननको अनौठो स्वभाव
बेननले आफ्नी श्रीमतीलाई जनवारलाई जस्तो बाँधेर राख्छन् । श्रीमती तथा प्रेमिकाहरूलाई कुकुर बनाएर गाडीमा यात्रा गराउँछन् । यतिमात्र होइन, तिनीहरूको घाँटीमा कुकुरलाई प्रयोग गर्ने डोरी बाँधिदिन्छन् र आफ्नो नियन्त्रणमा राख्छन् । हालैमात्र उनले यस्तै तस्बिर इन्टरनेटमा राखेका थिए, जुन भाइरल भएको थियो ।
कुख्यात ड्रग माफिया बेनन राति पार्टी र दिनमा स्वीमिङ पुलमा दर्जनौं युवतीसँग समय व्यातित गर्छन् । आफ्नी पलि एवं पूर्वप्रेमिका एन्जलमन्नसँग नुहाएको तस्बिर सार्वजनिक गर्छन् । उनी आफ्नो घरमा धेरैजसो समय बिकिनी मोडल्सवाट घेरिएका हुन्छन् । बिकिनी मोडल्ससँगको आफ्नो तस्बिर इन्स्टाग्राममा राखेका कारण उनी निकै चर्चामा छन् ।
दाह्रीका साथ लामो केश पाल्ने यी धनाढ्यसँग ठूलो सुर्तीजन्य कम्पनी छ, जसको अस्ट्रेलियाभर करिब २ सयभन्दा बढी स्टोर छन् । बेननने टिशा नामकी महिलासँग विवाह गरेका थिए, जसबाट उनका चार जना सन्तान छन् । यी सन्तान पनि आफ्नो बुबा जस्तै पार्टीको वातावरणमा बस्न रुचाउँछन् । यसले उनीहरूका हजुरआमा–हजुरबाबुलाई चिन्तित तुल्याएको छ । हालै उनीहरूले एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै बेननले नातानातिनीलाई नराम्रो काममा लगाइरहेको दुखेसो गर्दै आफ्नी छोरीलाई कुकुर बनाएको तस्बिर लाजमर्दो भएको टिप्पणी गरेका थिए ।