साप्ताहिक संवाददाता
माघ ११, २०७२
नेपाल राष्ट्र बैंकले विशेष अवसरहरूमा १ हजार तथा २ हजार रुपैयाँका सिक्का निष्काशन गर्छ । यस्ता सिक्का चलनचल्तीमा भने ल्याउने गरिएको छैन ।
राजा वीरेन्द्रको शासनकालमा एकहजारको सिक्का सार्वजनिक भएको थियो । पूर्वराजा ज्ञानेन्द्रको पालामा सगरमाथा आरोहणको ५० वर्ष पुगेको अवसरमा सुनको असर्फी नै सार्वजनिक भएको थियो । नेपालमा नयाँ संविधान जारी भएको अवसरमा पनि राष्ट्र बैंकले २ हजार रुपैयाँका ५ हजार थान चाँदीको सिक्का सार्वजनिक गर्ने भएको छ ।