साप्ताहिक संवाददाता
माघ १३, २०७२
फिजिसियन तथा गायक डा.रणजितकुमार झाले आफ्नो नयाँ गीत ‘सरी माइ बाबा...’ को म्युजिक भिडियो विभिन्न टेलिभिजन च्यानल तथा यूट्युवबाट प्रिमियर गरेका छन् ।
गायक झाको तेस्रो एकल एल्बम ‘जीवनपथ’ मा समावेश गरिएको यो गीतको भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । भिडियोमा नायिका शिल्पा पोखरेल तथा पुष्प खड्काले अभिनय गरेका छन् । गायक झाले नै गीतको शब्द तथा संगीत तयार पारेका हुन् । महाराज थापाद्वारा संगीत संयोजन गरिएको यो गीतको भिडियोको छायांकार हरि हुमागाईं हुन् भने निशान घिमिरेले भिडियो सम्पादन गरेका हुन् । भिडियोमा नायिका शिल्पा पोखरेलले दोहोरो भूमिका निर्वाह गरेकी छिन् ।
एउटा भूमिकामा शिल्पा अभिनेता पुष्प खड्काको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् अर्कोमा उनले पुष्पको आमाको भूमिका निर्वाह गरेकी छिन् ।
भिडियोको लिंक :