साप्ताहिक संवाददाता
विकृति त नियन्त्रण पो गर्नुपर्छ । राम्रो नियम बनाउनु प्रशासनको दायित्व हो, तर कुनै खेल जसले समाजलाई मनोरञ्जन प्रदान गर्नुका साथै स्वस्थ बनाउन मद्दत गरिरहेको छ, त्यसमा विकृति र अपराध देख्ने प्रशासनको आँखा कमजोर भएजस्तो लाग्यो ।
सलोन बस्नेत, नायक
अपराध जहाँ पनि हुन सक्छ, त्यसको ठाउँ विशेष हुँदैन । विकृति रोक्न जोड दिनुपर्ने हो, न कि फुटसल । प्रशासनले सुशासन कायम गर्नुपर्छ, बन्देज लगाउने होइन । विकृति जहाँ पनि हुन सक्छ । सबै ठाउँ बन्द गरे समाज कस्तो बन्ला ?
निश्चल बस्नेत, निर्देशक
नाकाबन्दीका कारण घुम्न जान गाह्रो, लोडसेडिङले घरमा बस्न गाह्रो । अब फुटसल खेलेर मनोरञ्जनका साथै व्यायाम गर्छु भन्नेहरूलाई पनि रोक लगाउने प्रशासन देख्दा नेपालको कानुन बुझेर बुझ्न नसकिने रहेछ भन्ने पुष्टि हुन्छ । खुलेआम हुने कालोबजार तथा भ्रष्टाचारलाई विकृति नदेख्ने प्रशासन फुटसलमा विकृति देख्छ ।
संयम पुरी, नायक
अपराध र विकृति कुनै पनि स्थान र व्यवसायले निश्चित गर्ने होइन । यदि त्यसो हुँदो हो त फुटसलमा प्रतिबन्ध लगाउनेबित्तिकै अपराध र विसंगति निर्मूल हुनुपथ्र्यो । केही घटना र पात्र मिल्न जाँदा काल्पनिक चलचित्रलाई सत्य घटनामा आधारित भनेजस्तै लाग्यो ।
प्रचण्ड श्रेष्ठ, निर्देशक
जहाँ अपराध भैरहेको छ त्यहाँ सरकार चुप छ । हजुरबुवाले भन्नुहुन्थ्यो— नेपालको कानुन दैवले जानून् ।
आगन्तुक खरेल, गायिका
यो फुटसल हटाउने निर्णय गर्न सक्ने प्रशासनले मन्त्रीमण्डल घटाउनचाहिँ सक्दैन भन्या ? बरु त्यहाँ सबैभन्दा बढी विकृति छ ।
डिजे गणेश
चोक–चोकमा सञ्चालित डान्सबार र भट्टीले नबिग्रिएका युवाहरू अब फुटसलले बिग्रने भए रे ? कति हाँस्नु ।
नम्रता श्रेष्ठ, नायिका
नालायक सरकारको कमाइ खाने उपायजस्तो लाग्यो ।
सम्झना उप्रेती रौनियार, निर्देशक
यस्तो सोच प्रकट गर्ने बुद्धिमानहरूको सोच्ने शक्तिका बारेमा जनतालाई चेतना भएको अवस्था ।
वर्षा शिवाकोटी, नायिका
एयरपोर्टमा बसेर रेलगाडी कुरे जस्तो लाग्यो ।
निर्मल शर्मा, निर्देशक
एउटा पातमा कीरा लाग्यो भनेर रूख नै काट्न खोज्नु गलत हो । केशमा जुम्रा देखियो भन्दैमा टाउको नै काट्नु भएन नि, केश खौरिनसम्म सकिन्छ । सम्भवत: त्यसैले पनि फुटसल २४ घण्टा बन्द गरेर प्रशासनले खोल्ने अनुमति दिइसकेको छ ।
विजय आवाज, सञ्चारकर्मी
सिंहदरबारमा विद्यमान विकृति नदेख्नेहरू फुटसल हेरिबस्छन् ।
भावना राउत, विद्यार्थी
कुनै–कुनै ठाउँमा हुन्छ होला, तर फुटसललाई त्यस्तो दृष्टिले हेरिनु हुँदैन । नराम्रो कार्य नहुने फुटसलको संख्या धेरै छ ।
विजय लामा, गायक
गलत लाग्यो । कुनै पनि काम र पेसा आपराधिक गतिविधि सञ्चालन गर्न खोलिएको हुँदैन । संयोगवश हुन जान्छ । त्यहाँ आउने व्यक्तिहरू कस्तो प्रवृतिका हुन्छन्, कसरी छुट्टयाउनु ?
शंकर अधिकारी घायल, गीतकार
विकृति र अपराध हुन्छ भन्दैमा फुटसल बन्द गर्नु हुँदैन । अपराध र विकृति त विद्यालयजस्तो पवित्र स्थानमा पनि त हुन्छ ।
देवराज सुवेदी, आरजे
फुटसल भन्नेबित्तिकै त्यो गलत क्रियाकलाप हुने ठाउँ भन्ने हुँदैन । बरु त्यहाँ जाने केही मानिसको सोच गलत हुन सक्छ ।
पुजा गुरुङ, गायिका
अपराध र विकृति त जहाँ पनि छ । विद्यालय, कलेज, चलचित्रघर, रेस्टुराँ जहाँ पनि अपराध र विकृति हुन सक्छ । के अब सबै बन्द गर्नु ?
सुशान्तसिंह ठकुरी, मोडल
मलाई त लाग्छ कि फुटसलमा विकृति देख्ने प्रशासककै आँखामा विकृति छ ।
विनोद न्यौपाने, नायक
हाँगा खराब भयो भनेर रूख नै काटेर फ्याँक्ने अपरिपक्व निर्णय । धन्य, फिर्ता लिएछन् ।
नवल नेपाल, निर्देशक
स्थान बन्द गरिनुहुन्न । नराम्रा क्रियाकलाप बन्द गरिनुपर्छ । २४ घण्टाभित्रै प्रशासनले यो कुरा बुझेछ, खुसी लाग्यो ।
सुनिल थापा, अभिनेता