साप्ताहिक संवाददाता
भ्रष्टाचार नहुने हो भने त समातेकै हो भन्नुपर्छ । खेलकुद जगत् राजनैतिक हस्तक्षेप तथा भ्रष्टाचार मुक्त हुनुपर्छ ।
सुरेश थापा दर्शने
खेलाडीहरूको जोसमा कुनै बन्देज नलगाई सहयोग र साथ दिने हो भने नेपाली फुटबलले सफलताका किर्तिमान कायम गर्दै जानेछ ।
विशाल भण्डारी, म्युजिक भिडियो निर्देशक
खेलले भन्दा पनि खेलाडीले सुधारको बाटो समातेका हुन् । यदि पहिलेका खेलाडीले म्याच फिक्सिङ नगरेका भए नेपालले निकै अघि नै अन्तर्राष्ट्रिय प्रतियोगिताहरू जितिसकेको हुन्थ्यो ।
सुवास गिरी, निर्माता
होइन, नेपाली फुटबल टिमलाई यसपटक लक लागेको मात्र हो । अर्को पटकको खेल प्रदर्शनबाट यथार्थ थाहा हुनेछ ।
सम्पदा बानियाँ, नायिका
हो, तर सफलता प्राप्तिका लागि खेलाडीहरूले जति योगदान दिए, अब यो सफलतालाई निरन्तरता दिन त्योभन्दा गाह्रो छ । त्यसका लागि खेलाडीहरूलाई थप अभ्यास गर्न आवश्यक पूर्वाधारहरू सहित अन्य सुविधामा पनि महत्व दिनु जरुरी छ ।
नवल नेपाल, निर्देशक
यतिले मात्र केही भन्न सकिँदैन, तर आशा भने पलाएको छ । सुधार्नुपर्ने कुरा धेरै छन् भने खेलाडीले मात्र गरेर केही हुँदैन । राज्य र सरोकारवालाहरूको सोच बदल्नु आवश्यक छ ।
दीपक शर्मा, संगीतकार
अहिलेको प्रदर्शन हेर्दा त राम्रैसँग सुधारको बाटो समातेजस्तो लाग्छ, तर अझै २–४ बर्षसम्म यस्तै राम्रो प्रदर्शन भयो भने चाहिँ ढुक्कका साथ भन्न सकिन्छ कि नेपाली फुटबलले सुधारको बाटो समातेकै हो ।
सुशील नेपाल, सञ्चारकर्मी
हो, त्यसैले त २३ वर्षपछि विदेशी भूमीमा नेपाली खेलाडीहरूले जीत हासिल गरे ।
सञ्जना श्रेष्ठ, गायिका
खेलाडीले मात्र सुधार गरेर हुँदैन, सम्बन्धित निकाय तथा सरकार यो सफलतामा गम्भिर हुनु जरुरी छ । अब पनि बेवास्ता गरियो भने फेरि म्याच फिक्सिङको घटना नदोहोरिएला भन्न सकिँदैन ।
राजकुमार उप्रेती, द्वन्द्व निर्देशक
नयाँ पुस्तामा विश्वास गरे खेलले मात्र होइन, हरेक कुराले सुधारको बाटो लिन्छ ।
कालीप्रसाद बासकोटा, संगीतकार
अहिलेको स्थिति हेर्दा त हो जस्तो लाग्छ । युवा रगतभित्र अहिलेसम्म राजनीति छिर्न पाएको छैन । यदि राजनीति नछिर्ने हो भने पक्कै पनि नेपाली फुटबलले राम्रो बाटो समात्छ । यदि राजनीति हुन थाल्यो भने पहिलेकै जस्तो बदनामी नदोहोरिला भन्न सकिँदैन ।
नीराजन प्रधान, मोडल
नयाँ पुस्ताले समातेको लय र उनीहरूको मेहनत हेर्दा सुधार भए जस्तो लाग्छ, तर खेलाडीको मेहनतसंगै उनीहरूले पाउनुपर्ने सुविधा पनि उपलब्ध गराइँदै गइयो भने जीतको क्रम रोकिने छैन ।
आयुषा राई, मोडल
समातेकै हो । राज्यका तर्फबाट उचित तालिम र हौसला दिए जितको यो क्रमले निरन्तरता पाउनेछ ।
कृष्णदेव रुपाखेती,
म्युजिक भिडियो निर्देशक
यसपटकको नतिजा हेर्दा त त्यस्तै लाग्छ ।
उत्तम थापा युडी, गायक
नेपालको राजनीति सुध्रिए सबै कुरा सुध्रिन्छ । यस्तो अवस्थामा पनि जितेर आउनु भनेको सुधार आएकै मान्नुपर्छ । यसमा पनि राजनीति घुस्यो भने अर्को पटक यत्तिको राम्रो खेल्न सक्लान जस्तो लाग्दैन ।
गम्भिर विष्ट, नृत्य निर्देशक
खेलाडीहरूको खेल शैली र जोस–जाँगर देख्दा त नेपाली फुटबलले सुधारको बाटो पहिल्याएकै हो जस्तो लाग्छ । अबका दिनहरूमा पनि यो सुधार कायमै रहनुपर्छ ।
अमृत सुनुवार, छायाँकार
नेपाली खेलाडीहरूले जहिले पनि राम्रो खेल्छन् । नेपाली फुटबल सुध्रिनुभन्दा पनि फुटबल हेर्ने संस्था मजबुत हुनुपर्छ र फुटबलको विकास गर्छु भन्नेहरू आफैंमा सुध्रिनु पर्छ ।
प्रकाश पौडेल, गायक