माघ १९, २०७२
- विवाहपछि दम्पतीको जीवन एकनासले बित्न थाल्छ । त्यस्तो अवस्थामा आपसी प्रेम तथा सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने हुन्छ ।
- जीवनशैलीलाई केही रोमान्टिक बनाउनुपर्छ, जसले नयाँपन महसुस गराउँछ ।
- दाम्पत्य जीवनलाई रोमान्टिक बनाउन धेरै खर्च गर्नु वा हनिमुन डेस्टिनेसनमै जानुपर्छ भन्ने छैन । आफ्ना अन्तरंग पललाई केही रोमान्टिक बनाइदिए पुग्छ ।
- दुवै मिलेर मनपर्ने खानेकुरा तयार गर्न सकिन्छ । मैनबत्तीको मधुरो प्रकाशमा रमाइलो गर्दै खाना खान सकिन्छ ।
- कहिलेकाहीं हलमा गएर चलचित्र हेर्न सकिन्छ ।
- सुत्नुअघि मधुरो आवाजमा संगीत सुनौं ।
- एक्लै कोठामा बसेका बेला दुवैले अलि हट ड्रेसअप गर्नु पनि फाइदाजनक हुन्छ ।