करिश्मा मानन्धर
नेपाली चलचित्रकी सदाबहार नायिका करिश्मा मानन्धर पार्टीलगायतका औपचारिक समारोहमा फेसन र नारित्व दुवै झल्कने पहिरनमा ठाँटिन्छिन् । आफूलाई खासै ब्रान्ड कन्सियस नमान्ने करिश्मा आफ्ना लागि आरामदायक तथा फरक लुक दिने पहिरनमा विश्वास गर्छिन् । घरमा रहँदा कुनै मेकअप नगर्ने करिश्मा बाहिर निस्कँदा सामान्य मेकअप गर्छिन् । क्यारलोन ब्रान्डका सौन्दर्य प्रशाधनहरू प्रयोग गर्ने करिश्मा लिपिस्टिक भने सबै ब्रान्डका प्रयोग गर्छिन् । केशलाई स्वस्थ राख्न उनी घरैमा मसाज गराउँछिन् ।
करिश्मा कानमा हल्का ज्वलेरी र घाँटीमा माला लगाउन रुचाउँछिन् । सुनका गहना खासै नलगाउने मानन्धर हिराका गहना भनेपछि हुरुक्कै हुन्छिन् । सनग्लास नियमित रूपमा प्रयोग गर्ने करिश्मासँग प्राडो आदि अन्य ब्रान्डका चस्मा छन् । घडी लगाउने बानी नभए पनि करिश्मासँग घडीको पनि राम्रै संकलन छ ।
माइकलकोर्स ब्रान्डको ब्याग बोक्ने करिश्मासँग कल्च क्लासिकका साथै विभिन्न रंगका सय जोरभन्दा बढी जुत्ताको संकलन छ । पहिरन अनुसारका जुत्ता रोज्ने करिश्मा सामसुङ एच सिक्स मोबाइल प्रयोग गर्छिन् । करिश्माका अनुसार फेसन मानिसको व्यक्तित्वसँग जोडिए पनि महँगा एसेसरिजले मात्र व्यक्तित्व निखार्न सक्दैनन् । करिश्मा भन्छिन्– कुनै पनि व्यक्तिको व्यक्तित्व उसको व्यवहार एवं प्रस्तुतिमा निर्भर रहन्छ ।