साप्ताहिक संवाददाता
छैटौँ संस्करणको बिग आइकन यो सातादेखि छैटौं चरणमा प्रवेश गरेको छ । उत्कृष्ट ७ प्रतिस्पर्धीबीच गत शुक्रबार भएको अडिसनमा कमल केसी बाहिरिएपछि विग आइकन बन्ने दौडमा ६ जना प्रतिस्पर्धी प्रमिला बराल, अनु गुरुङ, अम्बिका पुन, साजन आले, सृष्टि गुरुङ र सौगात गुरुङ रहेका छन् ।
शुक्रबार नै उनीहरूले उत्कृष्ट पाँच चरणका लागि प्रस्तुति दिएका छन्, जसमध्ये एक जना आगामी शुक्रबार हुने अर्को चरणको अडिसनबाट बाहिरिने बिग एफएमले जनाएको छ ।
बिग आइकनमा सहभागी भएकाहरु मध्ये प्रमिला बराललाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गई BIG space PB, अनु गुरुङलाई भोट गर्न BIG space AG, अम्बिका पुनलाई भोट गर्न BIG space AP, साजन आलेलाई भोट गर्न BIG space SA, सृष्टि गुरुङलाई भोट गर्न BIG space SH र सौगात गुरुङलाई भोट गर्न BIG space SG टाइप गरी ४३२१ मा पठाउनुपर्ने एफएमले जनाएको छ । एफएमले दिएको जानकारीअनुसार अबका दिनमा उत्कृष्ट तीनसम्म हरेक अडिसनबाट एक–एक जना प्रतिस्पर्धी बाहिरिनेछन् । साप्ताहिक यो कार्यक्रमको प्रमुख प्रायोजक हो ।