साप्ताहिक संवाददाता
माघ २५, २०७२
अनुभवी साहित्यकार राजबको नयाँ कथा–संग्रह बजारमा आएको छ– कमरेड ड्राइभर । यसअघि उनका ४ कथा–संग्रह, ४ उपन्यास, ३ कविता–संग्रह तथा एउटा नाटक प्रकाशनमा आइसकेका छन् ।
अमेरिकामा बसोबास गर्दै आएका राजबको लेखनीमा बिदेसिएका नेपालीहरूको कथा प्रशस्त मात्रामा आउने गरेको छ । कमरेड ड्राइभर कथा–संग्रहमा पनि जनयुद्धमा लागेका सामान्य जनता पछि कसरी विदेशमा ड्राइभर र कुल्लीमा परिणत भए अनि कसरी माथिल्ला नेता सत्तामा पुगे भन्ने कुरा प्रस्ट्याइएको छ । संग्रहमा १६ वटा कथा छन् ।