साप्ताहिक संवाददाता
प्रमोद भारद्वाज, नायक
चलचित्र ‘चलेछ बतास सुस्तरी’ले तपाईंलाई नायकका रूपमा स्थापित गराउला ?
अघिल्लो चलचित्र ‘सो सिम्पल’ले मलाई यो क्षेत्रमा चिनायो, अब ‘चलेछ बतास सुस्तरी’ले स्थापित नै गराउँछ भन्ने छ ।
शम्भु राईको चर्चित गीतलाई किन शीर्षक बनाएको ?
माया बिस्तारै बस्छ भन्ने कुरालाई सांकेतिक रूपमा दर्साउन यो शीर्षक राखियो । त्यसका लागि हामीले शम्भु राईसँग अनुमति पनि लिएका छौं ।
चलचित्रमा शम्भु राईको उक्त गीत पनि छ ?
केही अंश छ, हेर्दा थाहा हुन्छ ।
‘चलेछ बतास सुस्तरी’ प्रदर्शन मितिमा अन्य दुई चलचित्र पनि आउँदैछन्, प्रतिस्पर्धा गर्न सकिएला ?
एक्लै दौडेर पहिलो हुनुभन्दा प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गरेर जित्नुको मज्जा बेग्लै हुन्छ ।
ती चलचित्र (प्रेमगीत र क्लासिक) तथा तपाईंको ‘चलेछ बतास सुस्तरी’को विषय पनि प्रेमकथा नै भएकाले दर्शक अन्तै मोडिए भने नि ?
प्रेमकथा मात्र भनेर हुँदैन, दर्शकहरूको मन जित्ने चलचित्र चल्ने हो । ‘चलेछ बतास सुस्तरी’मा दर्शकको मन जित्ने विषय यथेष्ट छन् ।
नायिकामा सुष्मा कार्की नै किन ?
अभिनयका दृष्टिबाट उनी उत्कृष्ट छिन् । ‘चलेछ बतास सुस्तरी’ले उनको छवि सुधार्नेछ ।
सुष्मा कार्कीलाई लिनुको कारण त्यति मात्र हो त ?
कन्सेप्ट तयार भएपछि सुहाउने नायिकाको खोजी गर्दा उनी नै सबै कोणबाट उपयुक्त ठहरिन् । निर्देशकद्वय सब्बु सुवेदी र अनिला खड्काको रोजाइमा परिन् उनी ।
प्रेमकथाका नायक प्रमोदको साँच्चैको प्रेम परेको छ कि छैन ?
परेको थियो, त्यही अनुभवलाई अभिनयमार्फत पर्दामा उतार्ने प्रयास गरेको छु ।
सुष्मा कार्कीसँग किन अफेयर भएन ? उनी पनि त अहिले सिंगल नै छिन् ।
उनी धेरै अघिदेखिकी मेरो मिल्ने साथी हुन्, त्यो दृष्टिकोणबाट कहिल्यै हेरिएन ।
प्रेमको शुरुवात त मित्रताबाटै हुन्छ, होइन र ?
जतिबेला उनीसँग परिचय भयो, त्यतिबेलाको प्रेमीले नै मलाई सुष्मासँग चिनाएका थिए ।
अहिले त सिंगल छिन् नि ?
त्यो उनको व्यक्तिगत कुरा हो ।
कुन नायिकासँग पर्दामा रोमान्स गर्ने मन छ ?
प्रियंका कार्की र अशिष्मा नकर्मीसँग ।
सेक्सी लाग्ने तीन नायिका ?
प्रियंका, अशिष्मा तथा सुष्मा कार्की ।
चुम्बन मीठो कि सेक्स ?
दुवैको आ–आफ्नै महत्व छ । मीठो त दुवै हो नि, पाएसम्म ।