साप्ताहिक संवाददाता
माघ २९, २०७२
आफूलाई सहज लाग्ने, हल्का जुत्ता प्रयोग गर्नुपर्छ ।
गर्मीमा बाफिने र पसिना आउने जुत्ता उपयुक्त हँुदैन । राम्रो गुणस्तरको जुत्तामा यस्तो समस्या हुँदैन ।
टाढाको यात्रा गर्दा वा पैदल यात्रामा सकेसम्म पुरानो जुत्ता नै प्रयोग गर्नु सहज हुन्छ ।
कमसल जुत्ता लगाउँदा असजिलो हुन वा खुट्टामा घाउ लाग्न सक्छ ।
जुत्ताले घाउ बनाएको ठाउँमा नरिवलको तेल लगाउँदा आराम मिल्छ ।
जुत्ता, चप्पलले बनाएको घाउमा घिउकुमारी प्रयोग गर्न सकिन्छ ।