मेष
प्रेमिकाको सहयोग तथा उत्प्रेरणाले उचाइमा पुग्दै, प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । विदेश भ्रमणको अवसर प्राप्त हुनसक्छ । तपाईंको क्षमताले उचित स्थान प्राप्त गरी पदोन्नतिको ढोका खोल्नेछ । जोडी नम्बरको सवारी साधनले विशेष फाइदा पुर्याउन सक्छ । गणेशको आराधना गर्दा विघ्नहरू समाप्त हुनेछन् ।
वृष
विभिन्न परिकारमा रमाउँदै प्रेमी–प्रेमिकासँग घुम्न पाइनेछ । सानो लगानीबाट सोचेजस्तो मुनाफा हात पार्न सकिनेछ । महत्वपूर्ण कार्य सम्पन्न गर्दा विचार पुर्याएर निर्णय दिनु उचित हुन्छ । अभिभावकको रुचिको ख्याल गर्न विलम्ब नगर्नुहोला । रोकिएका अवसरहरू फुक्का भै जिम्मेवारी वहन आइलाग्न सक्छ । विश्वासपात्रलाई वचन दिँदा संयमित हुनुपर्नेछ । वातावरणअनुरूप स्वास्थ्यको ख्याल गर्नुहोला ।
मिथुन
साथीबाट विशेष उपहार प्राप्त हुन सक्छ । प्रतिस्पर्धीले आफ्नो त्रुटि औंल्याइदिँदा पुन: सोही कार्यमा समय खर्चनुपर्ने हुनछ । भौतिक साधन खरिद गर्ने साइत जुर्न सक्छ । सरोकार नभएका कार्यले फजुल खर्च बढाउने सम्भावना छ । सामाजिक क्षेत्रमा गरिएको कार्यले प्रतिष्ठा बढाउनेछ । असहयोगी पारिवारिक परिस्थितिबाट उम्कन अझै केही समय कुर्नुपर्ने हुन सक्छ ।
कर्कट
आर्थिक हैरानीबाट उम्कन प्रेमिकाले सहयोग गर्नेछिन् । अध्ययनका निम्ति विदेश जाने अवसर प्राप्त हुन सक्छ । गुप्त शत्रुले छवि बिगार्ने षड्यन्त्र गरे पनि अभिभावकको सुझाव अवलम्बन गर्दा त्यसलाई परास्त गर्न सकिनेछ । बुधबार र बिहीबार सतर्कतापूर्वक कार्य गर्नुहोला । स्वास्थ्यको ख्याल राख्नुपर्ने समय छ ।
सिंह
रोजगारीका निम्ति निजी तथा सरकारी क्षेत्रमा प्रतिस्पर्धा गर्दा सहजै सफलता हात पर्नेछ । फरक ढंगले जीवन निर्वाह गर्ने मनोवृत्ति विकसित हुन सक्छ । अभिभावकसँग मतभेद हँुदा मन खिन्न हुनेछ । बिनायोजना आकस्मिक यात्रामा दान पुण्य गर्न सहभागी भइनेछ । भोजभतेरमा अनिवार्य उपस्थिति हुनुपर्ने बाध्यात्मक निमन्त्रणा आइलाग्नेछ ।
कन्या
अलोचनालाई सकरात्मक रूपमा लिन सके सहजै उचाइमा पुगिनेछ । स–साना त्रुटिले मर्यादामा चोट पुर्याउन सक्छ । हेक्का राखी कार्य सम्पादन गर्नुहोला । मान्यजनले तपाईंको विवाह निर्धारण गर्ने सम्भावना छ, बिना हिचकिचाहट स्कीका र गर्नुहोला । नीलो रंगलाई प्राथमिकतामा राखे फाइदा नै हुनेछ ।
तुला
साता खर्चिलो रहनेछ । प्रेमिका तथा नातेदारबीच मांगलिक तथा जन्मोत्सवमा उपहार दिन राम्रै धन खर्च गर्नुपर्ने हुन सक्छ । आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी प्राप्त गर्न अझै केही समय कुर्नुपर्नेछ । भ्रमण गर्दा अत्याश्यक खर्चको जोहो बेगर नै सहभागी भइनेछ । नीलो रंगले शुभ संकेत दिनेछ ।
वृश्चिक
मन पराउनेहरूको दोधारेपनले मनमा भ्रम उत्पन्न गर्न सक्छ । पारिवारिक जमघटमा तपाईंको पहिरनले प्रशंसा पाउनेछ । लामो यात्रामा सामान गडबड हुन सक्ने सम्भावना टरेको छैन । समयको महत्त्व बुझ्न सके अवसरले उचाइमा पुर्याउनेछ । सवारी साधन चलाउँदा हेक्का राख्नुपर्नेछ ।
धनु
प्रेमी–प्रेमिका घुमघाम गर्न लालायित भएको अवस्थालाई मध्यनजर गर्दै उनको भावनाअनुरूप मठमन्दिर तथा मनोरञ्जक स्थलको भ्रमण गराउने तिथि तय गर्न ढिलाइ नगर्नुहोला । बोलीको प्रभावले नकारात्मक स्थिति निम्त्याउन सक्छ, कम बोल्नुमै भलो छ । सहयोगी हातहरू अघि बढिसकेको अवस्था छ, जसलाई प्रतिष्ठामा रूपान्तरण गर्न कूटनीतिको जरुरी पर्नेछ ।
मकर
पेसा तथा ओहदाअनुरूप कार्य दक्षतामा ढिलाइ गर्दा उपल्लो दर्जाको मूल्यांकनमा छुट्टिने सम्भावना छ । प्रेमिकाले हितैषी साथीहरूको काम फत्ते गर्न सहयोग माग्नेछिन् । सामाजिक सरसफाइ तथा टोल सुधारको कार्यक्रममा समय खर्चनुपर्ने अवस्था छ । उक्त कार्य जिम्मेवारीपूर्वक गर्दा आफ्नो भलो नै हुनेछ ।
कुम्भ
प्रेमी–प्रेमिकाबीच प्रणयसूत्रमा बाँधिने समय लम्बिन सक्छ । प्राविधिक प्रदर्शनी तथा सामाजिक सभा सम्मेलनमा समय खर्चिनुपर्ने हुन सक्छ । विपक्षीले तपार्इंको आन्तरिक क्रियाकलापको चियोचर्चो गरे पनि बाधा पुर्याउन सक्ने छैनन् । प्रयास दोहोर्याए बिनालगानी विदेशी भूमिमा अध्ययनको अवसर पाइनेछ । सेतो रंग प्रयोग गर्दा थप फाइदा हुन सक्छ ।
मीन
केही दिनको अन्तरालमा मायालुसँग भेट हुँदा हर्षसँगै वेदनाहरू आदान–प्रदान हुनेछन् । खानपान एवं जीवनचर्याले स्वास्थ्यमा गडबडी निम्त्याउन सक्छ । बुधबारपछिका दिनहरूमा सहयोगको नाटक गर्नेहरूले फन्दामा पार्न षड्यन्त्र गर्न सक्छन् । विद्युतीय उपकरणहरू सञ्चालन गर्दा होस पुर्याउनुपर्नेछ ।