साप्ताहिक संवाददाता
प्रेमबिना जीवन असम्भव छ ।
मिस्टर डोके
प्रेममा जीवन र जीवनमा प्रेम दुवै आवश्यक छ ।.
सुम्निमा
आवश्यक छ, किनभने प्रेम नै जीवन हो, प्रेममै संसार टिकेको छ ।
निशा परिणिती
आवश्यक छ, किनभने प्रेम जीवन जिउने आधार तथा जिउने कला पनि हो ।
शिशिर
प्रेममा पनि जीवन आवश्यक छ है ।
अन्तिम
जीवनमा प्रेम आवश्यक छैन । जरुरी छ जस्तो पनि लाग्दैन ।
बडाबा
प्रेम भनेको के हो ? पहिले त यही स्पष्ट हुनुपर्यो । प्रेम पनि फरक–फरक खालका हुन्छन् ।
इन्द्र लिम्बू
प्रेमबिनाको मानिस नै हुँदैन भने प्रेमबिनाको जीवन सोच्न पनि सकिँदैन । प्रेमले नै यो सिङ्गो संसार चलेको छ ।
टंक
अवश्य नै । मानिसहरूबीचको दूरी पनि मायाले नै सुमधुर बनाएको छ ।
प्रियंका झा
सोच्न पनि सकिँदैन मायाबिनाको जीवन ।
कल्याणी लम्साल
के यो सोध्नुपर्ने प्रश्न हो र ? तपाईं प्रेमबिना एक पल पनि जिउन सक्नुहुन्छ ? कल्पना गर्नुहोस् त ? अर्को कुरा तपाईंलाई प्रेमको अर्थ थाहा छ ? थाहा छ भने यो प्रश्न किन ?
सन्दीप पौडेल
प्रेम जनावर, जीवजन्तुलगायत सम्पूर्ण प्राणीमा हुने एक प्रकारको गुण हो । यो सबैमा हुन्छ ।
नारायण पौडेल
अवश्य छ ।
अन्जान कान्छा, रमेश पौडेल, रूपक न्यौपाने, संगीता चौधरी, यश्मिन मगर, कृष्टि पहरी
प्रेमबिनाको जीवन अर्थहीन छ ।
विकास
हो, हाम्रो लागि प्रेम अत्यावश्यक छ ।
उषा गौतम
साप्ताहिकमा लभ गुरु थिइन् नि कुनै बेला, उनैसँग सोध्नुहोस् न । कहाँ हामीसँग सोधेको ?
सुप्रिम रेग्मी
प्रेम भए पनि टेन्सन, नभए पनि टेन्सन ।
भगवान पोखरेल
हरेक क्षेत्रमा प्रेमको जरुरत हुन्छ । बाल्यकालमा आमा–बाबाको प्रेम अलि ठूलो हुँदा साथीभाइको प्रेम, अझ ठूलो हुँदै जाँदा गुरुबा–गुरुमाको प्रेम अनि युवा अवस्थामा पुग्दा प्रेमी–प्रेमिकाको प्रेम, विवाहपछि श्रीमती अनि परिवारको प्रेम चाहिन्छ । बुढेसकालमा हिंड्ने सहारा लौराको प्रेम आवश्यक हुन्छ । जता पनि प्रेमकै आवश्यकता हुन्छ ।
तपाईंको मनको साथी
जीवनमा प्रेम नहुनु भनेको मुटु नहुनुजस्तै हो । मुटु भएन भने बाँच्न सकिँदैन ।
सुरज कार्की
प्रेम र जीवन एक–अर्काका परिपूरक हुन् । सफल र सुखी जीवनका लागि प्रेम नभै हुँदैन ।
सोनाम कोसिस शेर्पा
जीवनमा प्रेम त अपरिहार्य छ । सानोमा आमाबुबा तथा आफन्तको अलि ठूलो भएपछि साथीभाइ अनि त्यसपछि प्रेमिकाको ।
राजेन्द्र नगरकोटी
मेरा बुबा–आमा, मिल्ने साथी जसले सधैं मलाई माया गर्छन्, सुख–दु:खमा साथ दिन्छन्, बिनाआशा नि:स्वार्थ माया दिन्छन् । मेरा लागि प्रेमले विशेष अर्थ राख्छ । उनीहरूको मायाबिना मेरो जीवन अधुरो छ ।
कमला गुरुङ
अवश्य नै । जीवनमा प्रेम आवश्यक छ ।
भुवन