साप्ताहिक संवाददाता
कास्कीको सिक्लेसमा शुक्रबारदेखि दुई दिने लाटोकोसेरो तथा हुचिल उत्सव हुँदैछ । संरक्षण क्षेत्र व्यवस्थापन समिति पार्से तथा प्रकृतिका साथीहरू नामक संस्थाले अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर उक्त महोत्सव सञ्चालन गर्न लागेका हुन् ।
उत्सवको पहिलो दिन चरा अवलोकन प्रकृतिको फोटो खिच्ने कार्यक्रम, लाटोकोसेरा सम्बन्धी लघु म्युजियम प्रदर्शनी, ठेलो, रस्सी तान्ने, भाले जुधाई तथा घुर–घुमाई प्रतियोगिता सञ्चालन गरिनेछ ।
दोस्रो दिन संरक्षण, संस्कृति तथा लाटाकोसेरोको अन्य सामग्रीसम्बन्धी प्रदर्शन गरिनेछ । महोत्सवका क्रममा पोखरा–१३ को बालगोपाल भजन किर्तन समूहले नेवार समुदायको लाखे तथा गाईजात्राको प्रदर्शन पनि गर्ने कार्यक्रम छ । उक्त अवसरमा वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीले लाटोकोसेरो संरक्षण सम्बन्धि नाटक तथा वन्यजन्तु सम्बन्धि नाँचसमेत प्रर्दशन गर्नेछन् ।