साप्ताहिक संवाददाता
फाल्गुन ६, २०७२
- झूटबाट प्रारम्भ भएको प्रेम टिकाउ हुँदैन । प्रेम पवित्र चिज हो, त्यसैले झूटो बोलेर यसलाई अपवित्र बनाउनु हुँदैन ।
- प्रेम अन्धो हुन्छ, यसमा कुनै वर्ग हेरिँदैन । प्रेममा जात, धर्म, रंग, धन, पेसा अनि उमेरले पनि खासै महत्त्व राख्दैन । यदि हेरिन्छ भने त्यो प्रेम होइन, स्वार्थ हो ।
- उमेर पुगेपछि स्वत: सिर्जना हुने भावना नै प्रेम हो ।
- प्रेम प्रेरणा हो, जसले हरेक पल अभिप्रेरित गर्छ ।
- जीवन जिउने मीठो कला अनि भोगाइ नै प्रेम हो ।
- साँचो र नि:स्वार्थी प्रेमी–प्रेमिका प्रत्येक काममा सफल हुन्छन् ।
- प्रेम समझदारी पनि हो । प्रेममा एकले अर्काको दु:ख–सुख बुझ्न आवश्यक हुन्छ ।
- प्रेममा एक–अर्काले आफ्ना कुरा सेयर गर्नुपर्छ ।
- प्रेममा एक–अर्कालाई बुझ्न सक्नुपर्छ ।