साप्ताहिक संवाददाता
साढे दुई दशकदेखि अमेरिकामा बसोबास गरिरहेका चलचित्रकर्मी अनिल थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘को आफ्नो’को कथा भने नेपालकै कुनै गाउँ हो र यो चलचित्रका मुख्य पात्रहरू पनि गाउँकै छन् ।
सेरोगेट मदर अर्थात् कोख भाडामा दिने कार्यलाई व्यवसायीकरण गरिएको समाचार आइरहेका बेला निर्देशक थापाले चलचित्रमा धनाढ्य तर नि:सन्तान दम्पतीले गरिब परिवारको बालकलाई रकम दिएर धर्मपुत्रका रूपमा खरिद गर्ने यथार्थ उधिनेका छन् । विशेष गरी सुन्दर मुहारलाई कुरुप बनाएर अभिनय गरेकी नायिका ऋचा शर्माको भूमिका, अभिनय एवं उनको गेटअप चलचित्र ‘को आफ्नो’ को विशेष पक्ष भएको निर्देशक थापाको दाबी छ । चलचित्र ‘को आफ्नो’मा नायिका ऋचाले आफूभन्दा दोब्बर उमेरकी महिलाको भूमिका निर्वाह गरेकी छिन्, जसको अनुहारमा दादुराको दाग छ एवं उनको दाँत अगाडि उछिट्टिएका छन् । ऋचाका श्रीमान्को भूमिकामा सुशांक मैनाली छन् ।
निर्देशक : अनिल थापा
कलाकार : ऋचा शर्मा, सुशांक मैनाली, सुवास थापा, मेनुका प्रधान आदि ।
चलचित्र को आफ्नोको ट्रेलर