अभिनेत्री दीपिका पादुकोण हाल पहिलो हलिउड चलचित्र ‘ट्रिपल एक्स द रिटर्न अफ एक्सजेन्डर केज’ को टोरन्टोमा भैरहेको छायांकनमा व्यस्त छिन् ।
हालै दीपिका अभिनीत उक्त चलचित्रको छायांकनका केही तस्बिर सार्वजनिक भएको छ, जसमा दीपिका हलिउड स्टार भाइन डिजेलका साथ देखिएकी छिन् । ती तस्बिर हलिउड अभिनेता डिजेलले आफ्नो इन्स्टाग्राम एकाउन्टमा सेयर गरेका हुन्, जसमा उनले ‘भाइन डिजेलको सुटिङको पहिलो दिनका तस्बिर सेयर गरेको कुरा बताउँदै मायाका निम्ति सबैलाई धन्यवाद’ भनेका छन् ।
चलचित्रका निर्देशक डिजे करुजोले पनि आफ्नो ट्विटर एकाउन्टमा छायांकनका तस्बिर राखेका छन् । उक्त चलचित्रमा दीपिका सेरेना नामको चरित्रमा सिकारीको भूमिकामा छिन् । उक्त भूमिकाका निम्ति दीपिकाले असाध्यै कडा मेहनत गरेको बताइन्छ । चलचित्रको मुख्य पात्र भएकाले हलिउड फिल्म टिमले दीपिकासँग स्पेसल ट्रिटमेन्ट गरेको छ । उनकै निम्ति भनेर एक्सपर्टको एउटा टिमसमेत हायर गरिएको छ ।