साप्ताहिक संवाददाता
नाकाबन्दी समाप्त भए पनि औषधि, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास आदि दैनिक उपभोग्य वस्तुको चरम अभाव भैरहेको छ । यस्तो पीडादायक अवस्थामा सरोकारवाला सबै पक्षले चाँडोभन्दा चाँडो समस्या समाधानतर्फ जोड दिनुपर्छ ।
सानु शर्मा, सिजन काफ्ले
सरकारले आफ्नै देशमा अवसरहरू खोज्नुपर्छ । नेपालमै ढुक्कले बस्ने वातावरणको सिर्जना गर्नुपर्छ ।
हरिहर पाठक
शैक्षिक संस्थाहरूले आफ्नो कार्यशैली अनुगमन गर्नुपर्छ । निजी तथा सरकारी संस्थाहरूमा आवश्यक मानव संसाधनको पूर्ति र परिचालनमा पनि सम्बन्धित पक्षको ध्यान जाओस् ।
चन्द्र अधिकारी
गरिब नेपालीसँग न धन हुन्छ, न त देशको कानुन मिच्ने हैसियत नै हुन्छ । गरिबहरू हरेक कुरामा पछि परेकै छन् । त्यसैले सत्तामा बसेकाहरूले उनीहरूलाई नि:शुल्क शिक्षा दिलाउने व्यवस्था मिलाउनुपर्छ । त्यसपछि मात्र उनीहरू सबैसँग प्रतिस्पर्धा गर्न सक्छन् ।
बुद्धिराम बस्नेत