फाल्गुन १९, २०७२
कुनै समयकी जबर्जस्त अभिनेत्री रानी मुखर्जी अहिले बी–टाउनबाट हराएकी छिन् । आमा बनेपछि त्यसको सुख तथा चुनौती सम्हाल्न उनी व्यस्त भएको बताइन्छ ।
पारिवारिकसूत्रका अनुसार डिसेम्बरमा सन्तान आदिरालाई जन्म दिएपछि अस्पतालबाट घर पुगेकी रानी हालसम्म घर बाहिर निस्किएकी छैनन् । उनी पूर्ण समय आदिराको रेखदेखमा आफूलाई लगाइरहेकी छिन् । त्यसो त रानीलाई बालबालिकाप्रति पहिल्यैदेखि रुचि थियो ।
आफ्नो सन्तान हुनुपूर्व भाइ राजाको छोरीलाई उनी अत्यधिक माया गर्थिन् र अक्सर उनकै साथ देखिन्थिन् । बलिउडमा रानीका करोडौं फ्यान छन्, जो अहिले पनि उनी कमब्याक भएको हेर्न चाहन्छन् । रानी जुनसुकै समय चलचित्रमा फर्कन सक्ने अनुमान गरिए पनि उनी अब पूर्णत: यो क्षेत्रबाट अलग्गिने सम्भावना पनि छ ।