ब्राइडल वेयरमा लेहेंगा चोलीको चलन बढ्दो छ । अत: चोलीको छनोटमा ट्रेन्डी देखिनु पनि उत्तिकै आवश्यक छ ।
यो वर्ष साडी वा लेहेंगाका साथमा हेभी सर्ट ज्याकेट ट्रेन्डमा रहनेछ । यसका लागि ब्लाउज सिम्पल राख्नुपर्छ र गोल्ड ब्रोकेड हेभी इम्ब्रोइडरी भएको भेल्भेटको ज्याकेट सिलाउनुपर्छ ।
सर्ट लेन्थ चोली लोकप्रिय छन्, जसको नेक डिजाइनमा पर्याप्त एक्सपेरिमेन्ट गरिएको पाइन्छ ।
हिजोआज कोलर भएका र बन्द गलाका ब्लाउज पनि ट्रेन्डमा छन् जसले वेडिङ लेहेंगालाई कन्टेम्प्रेरी लुक प्रदान गर्छन् ।
लेहेंगाका साथै चोलीका साथमा पनि एक्सपेरिमेन्ट भैरहेका छन् र हेभी चोलीको चलन बढ्दो छ ।
भेल्भेटको चोलीले रोयल लुक प्रदान गर्छ । विवाहका लागि डार्क कलरका भेल्भेटका चोली उपयुक्त हुन्छन् ।
ब्रोकेड फेब्रिक छनोट गर्ने हो भने जरदोजी वा सिक्वेन्स वर्क गराउनुपर्छ । यसले ब्राइडल आउटफिटलाई क्लासी लुक प्रदान गर्छ ।
हेभी सिक्वेन्स वा स्टोन र गोटा वर्क गरिएको चोली पनि विवाहको अवसरका लागि परफेक्ट हुन्छ ।
प्लिटेड नेक भएको चोलीले सुन्दर लुक प्रदान गर्छ ।
सल कटर, हल्टर फ्रन्ट र नेट इन्सेट स्लिभको चोलीले गर्जियस लुक प्रदान गर्छ ।
फरक–फरक संस्कारअनुरूप चोली छनोट गर्नुपर्छ । मेहन्दी समारोहका लागि सर्ट स्लिभ वा स्लिभलेस चोली उत्तम हुन्छ । रिसेप्सनका लागि सी थ्रु ट्रान्सपरेन्ट फेब्रिकयुक्त फुल स्लिभ चोली उपयुक्त हुन्छ ।
रिच लुक भएको गोल्ड वा सिल्भर ब्लाउजलाई आफ्नो वार्डरोबमा समावेश गर्नुपर्छ । यसलाई लेहेंगासित प्रयोग गर्न सकिन्छ । जर्जेट वा सिफनको साडीका साथमा त्यसले रोयल लुक प्रदान गर्छ ।
हेभी भेल्भेट र नेटको ब्लाउज इभिनिङ पार्टीका लागि सुन्दर एवं आकर्षक मानिन्छ ।
रातो ब्लाउजलाई निलो साडीका साथ कम्बाइन गर्नुपर्छ । यसैगरी सुन्तला रंगको चोलीलाई गुलाफी लेहेंगासित टिमअप गर्न सकिन्छ ।
स्पेगेटी स्ट्रेप्स, हल्टर वा अफ सोल्डर ब्लाउज छनोट गर्नुपर्छ । यसले ग्ल्यामरस लुक प्रदान गर्छ र साडीलाई फेसनेबल देखाउँछ ।