साप्ताहिक संवाददाता
फाल्गुन २५, २०७२
अभावमा हरेक कुराको महत्व बुझिन्छ ।
शैलपुत्री
एक्लो जीवन जिउनुको पनि छुट्टै आनन्द हुँदो रै’छ ।
सुरज
बगिरहने पानीको गन्तव्य हुन्छ, तर ओरालो लागेको जिन्दगीको यात्राको टुंगो कहाँ, कति बेला हुन्छ पत्तै नहुने रहेछ ।
सागर धिताल
जतिसुकै आत्मीय बन्न खोजे पनि एकपटक विश्वासघात गर्ने मान्छेको विश्वास गर्न सकिँदैन ।
कोहिनुर
कसैलाई हेर्ने नजरमा सुरुदेखि नै भिन्नता हुँदैन । यो समयको गति सँगै आउने मानवीय उतारचढाव हो । मान्छेको व्यवहार र आचरणले कसैलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउँछ ।
मनिता
कसैको पछि यति धेरै नलाग्नु कि त्यसका कारण उसको नजरमा हाँसो र ठट्टाको पात्र बन्नु परोस् ।
लक्ष्मी बुर्लाकोटी
मलाई ती मानिसहरूसँग रिस उठ्छ जसले मेरो समस्या र भावना बुझ्दैनन् ।
माइली