साप्ताहिक संवाददाता
फाल्गुन २६, २०७२
विभिन्न म्युजिक भिडियो तथा विज्ञापनमा काम गरेको अनुभवबाट नवीन लम्सालले चलचित्र ‘अध्याय’मा नायकको साथीको भूमिका पाए । साथीको सहभूमिका भएकाले उनले भनेजस्तो प्रशंसाचाहिँ पाउन सकेनन् ।
नवीन नायक नै भएर चलचित्र ‘राहदानी’मार्फत आउँदै छन् । चैत १२ गते प्रदर्शनमा आउने ‘राहदानी’ पत्रकार डब्बु क्षेत्रीको पहिलो निर्देशन हो । यही चलचित्रमार्फत आउने दुई नयाँ नायकमध्येका एक हुन्— नवीन लम्साल । चलचित्रमा अर्का नयाँ नायक अशोक रिजाल र दयाहाङ राई पनि छन्, तर नवीन आफ्नो भूमिकाप्रति सन्तुष्ट छन् । लम्साल भन्छन्– ‘राहदानीपछि मेरो कामको मूल्याङ्कन हुनेछ ।’ त्यसो त नवीनले ‘राहदानी’ पछि भूषण दाहालको निर्देशनमा चलचित्र ‘ओपन विन्डो’मा समेत काम गरिसकेका छन् ।