साप्ताहिक संवाददाता
समन अधिकारी, निर्देशक
पुस्तक : पल्पसा क्याफे
नारायण वाग्लेद्वारा लिखित पल्पसा क्याफे जीवन्त लाग्छ । नेपाली परिवेशको यथार्थ समेटिएकाले त्यसले मेरो मन छोएको छ । त्यसैले यो पुस्तक जति पढे पनि ताजै लाग्छ ।
चलचित्र : दिलवाले दुल्हनियाँ ले जाएंगे
हिन्दी चलचित्र दिलवाले दुल्हनियाले जाएंगे मलाई असाध्यै मन परेको चलचित्र हो । सम्भवत: यो चलचित्र मैले सबैभन्दा धेरै (१८ पटक) हेरेको चलचित्र हो । यसको कथा एवं प्रस्तुतिले मलाई छुन्छ ।
अभिनेता : जीवन लुइँटेल
व्यक्तिगत रूपमा नजिकको साथी मात्र नभएर उहाँको बौद्धिकता र ब्यक्तित्वका कारण मलाई जीवन लुइँटेल मन पर्छन् ।
अभिनेत्री : रीमा बिश्वकर्मा
कुशल अभिनय क्षमताका अतिरिक्त मसँग लामो समय कार्य गरेकाले नायिका रीमा विश्वकर्मा मन पर्छिन् । उनको व्यक्तित्व, सहनशीलता, लगनशीलता एवं बलियो आत्मविश्वास नै मन पर्ने आधार हुन् ।
निर्देशक : स्व. आलोक नेम्वाङ
मैले जहिले पनि मन पर्ने निर्देशकमा आलोक नेम्वाङलाई नै लिने गरेको छु । उहाँको सहज प्रस्तुतीकरण एवं मौलिकताको म फ्यान नै हुँ । नेपाली म्युजिक भिडियोलाई यो उचाईसम्म पुर्याउन उहाँको प्रमुख भूमिका छ ।
गीत : यो कर्म भूमिको आँगनमा..
म राष्ट्रप्रेमी मान्छे, त्यसैले मलाई ऊर्जाशील गीत मन पर्छन् । त्यसकारण यो कर्म भूमिको आँगनमा राष्ट्रिय गीतमा ठूलो ऊर्जा शक्ति पाउँछु ।
गायक : सुगम पोखरेल
म व्यक्तिगत रूपमा गायक सुगम पोखरेलको फ्यान हुँ । उहाँको गायनमा स्पष्ट र टच्चि फिलिङ्स पाइन्छ । उहाँ भर्सटाएल गायक हो ।
गायिका : अन्जु पन्त
सबै प्रकारका गीत गाउन सक्ने र गीतलाई न्यायपूर्ण ढंगले गाउने क्षमता भएकी गायिका भएकाले मलाई अन्जु पन्त मन पर्छिन् ।
संगीतकार : रन्जित गजमेर
मलाई सानैदेखि रन्जित गजमेरको संगीत मन पर्छ । उहाँको संगीतमा नेपाली लोकलयलाई असाध्यै मीठो ढंगले समेटिएको हुन्छ ।
गीतकार : हेमन्त परदेशी
लामो समयदेखि प्रवाशमा रहँदै आएका गीतकार हुन्— हेमन्त परदेशी । उनको गीतले आफ्नै पीडा समेटेको हुन्छ ।
खाना : म:म
मलाई म:म मन पर्छ । यो स्वादिष्ट पनि छ र भोक पनि मज्जैले मेटाउँछ ।
ठाउँ : गौरादह बजार
झापा जिल्लाको प्रसिद्ध बजार हो— गौरादह बजार । यो बजार मलाई त्यसै आनन्ददायक लाग्छ, किन हो कुन्नि केमा यहाँको फिलिङ्स ममा गढेको छ । झापा जाँदा म गौरादह जसरी पनि पुग्छु ।
ड्रेस : क्याजुलल
म क्याजुअल पहिरनमा आफूलाई कम्फर्ट अनुभव गर्छु ।
मौसम : शरद ऋतु
वर्षाको समाप्ति र जाडोको हल्का प्रारम्भ हुने र जताततै हरियाली हुने भएकाले यो मौसम मलाई असाध्यै मनपर्छ । दसैं र तिहारको आगमन पनि हुने भएकाले यो मौसम ऊर्जाशील हुन्छ ।
सवारी साधन : बाइक
काठमाडौंको ट्राफिक जाम, इन्धन अभाव एवं हतारमा बाइक जतिको राम्रो अर्को कुनै सवारी साधन हुँदैन ।
प्रस्तुति : कृष्०ा भट्टराई