फाल्गुन २९, २०७२
बयरको जरा र पिपला पिसेर निधारमा लेप लगाए टाउको दुख्न कम हुन्छ ।
बयर र बबुलको बोक्राको काँडा बनाएर कुल्ला गरे मुखको घाउ र घाँटीको समस्या समाधान हुन्छ ।
बयरको पातलाई घ्यूमा भुटेर पिस्ने अनि सिधे नुन मिसाएर त्यसलाई चाट्दा स्वर बन्द भएको वा बोल्न गाह्रो हुने समस्या ठीक हुन्छ ।
बयरको जरा चपाई–चपाई (उखुजसरी) खाँदा दुग्धपान गराउने महिलाको दूध वृद्धि हुन्छ ।
जामुन र अमिलो बयरको १/२ ग्राम चुर्ण मह मिसाएर खाँदा कफका कारण हुने बमन ठीक हुन्छ ।
१ चम्चा बयरको पातको रस खाँदा रगतमासीको समस्या समाधान हुन्छ ।
बयरको बीउभित्रको गुदी दादुरा तथा ठेउलाका रोगीका लागि उपयोगी हुन्छ ।
बयरको जरा पिसेर घाउमा लगाउन सकिन्छ ।
बयरको जरा तथा घोड्ताप्रेको काँडा बनाएर खाँदा मस्तिष्कसम्बन्धी समस्यामा लाभ प्राप्त हुन्छ ।