साप्ताहिक संवाददाता
अर्को शैक्षिक सत्र सुरु नहुँदै निजी विद्यालयहरूले शुल्क वृद्धि गर्ने तयारी गरिरहेका छन् । अदालतको आदेशविपरीत गएर शुल्क वृद्धि गर्न पाइँदैन ।
जनक
देशमा जतिसुकै नयाँ शक्ति आए पनि खाना पकाउने ग्याँस र इन्धनको सहज उपलब्धता र नेपालमै काम गर्ने अवस्थाको सिर्जना हुन सकेन भने त्यो सबै व्यर्थै हुनेछ ।
सुरेश कार्की
हामीकहाँ सबैका लागि शिक्षा समान रूपमा उपलब्ध छैन । असल शिष्यले गुरुबाट सधैं असल र नैतिक शिक्षा प्राप्त गर्छ । त्यसैले राष्ट्रिय स्तरमा शिक्षाको महत्त्व बुझाउन एवं समान हिसाबले शिक्षा प्रदान गर्न आवश्यक छ ।
शैलजा न्यौपाने
विभिन्न संघ–संस्थाले जागिरका लागि विज्ञापन गर्छन् । फर्म भरेको पैसा लिन्छन् । गरिबका सन्तानले आवेदन दिन्छन् तर हुने खाने, सम्पन्नहरूको नाम निस्कन्छ । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।
टेक राजवंशी
सबैभन्दा पहिले नेताहरू सुध्रिनुपर्यो । देशलाई भ्रष्टाचारमुक्त गराउनुपर्यो । देशमा विधिको शासन हुनुपर्यो । कर्मचारीतन्त्रले स्वार्थरहित काम गर्नुपर्यो ।
निधि भट्टराई
भ्रष्टाचारका लागि नेपालले पाएको १५ औं स्थान लज्जास्पद छ । अब त अति भयो । सबैले यसका विरुद्ध आवाज उठाउनुपर्छ ।
इला नेपाली