साप्ताहिक संवाददाता
लागूपदार्थको असर शारीरिक, मानसिक एवं भावनात्मक रूपमै खतरनाक हुन्छ । यो माया प्रेम त भावनासँग मात्र जोडिएको हुन्छ । अब आफैं भन्नुहोस्, कुन खतरनाक हो ?
देवराज इन्द्र सुवेदी
दुवैको नशा उस्तै हो, लागूपदार्थको नशाले मानिस केही समय बौलाउँछ भने प्रेमको नशाले जीवनभर बौलाउँछ ।
युनिक आदित्य
प्रेमको नशा खतरनाक हुन्छ, किनभने लागूपदार्थको नशा प्रेमको नशा बिग्रिएपछि लाग्ने नशा हो । लागूपदार्थको नशा छुटाउन थुप्रै संघसंस्था खुलेका छन्, अब नेपालमा प्रेमको नशा छुटाउने संस्थाको पनि खाँचो छ ।
सुजन सापकोटा
कि त लागूपदार्थको नशाको जोसले प्रेमको नशामा पुर्याउँछ, कि त असफल प्रेमले लागूपदार्थको नशामा पुर्याउँछ । हात्ती र हात्ती छाप चप्पल भनेजस्तै हो ।
सागर कुमार
लागूपदार्थ खानेले प्रेम गर्दैन, प्रेम गरेपछि लागूपदार्थ प्रयोग गर्न बाध्य हुन्छ । त्यसैले प्रेमको नशा खतरनाक हुन्छ ।
मंगोलियन स्मार्ट
भुल्न सक्ने हो भने कसम भुलिदिन्थें तिमीलाई । मेटाउन सक्ने भए मेटाइदिन्र्थे सबै यादहरू । पलपल रुवाउँछ मलाई । तड्पाउँछ मलाई तिम्रा यादहरूले । न मर्न दिन्छ न त जिउन नै दिन्छ तिम्रो यादले ।
वर्षा गिरी रितु
नशा शब्द नै खतरनाक छ । न त प्रेमको न त रक्सीको न त लागूपदार्थको कुनै पनि नशा ठीक हुँदैन, तर के गर्नु आफू लाई रक्सीको नशा खुब मन पर्छ ।
नेत्र भेटवाल, विराटनगर
लागूपदार्थको नशाको ह्याङ क्षणभरमै उत्रिएला तर प्रेमको नशा.... बाब्बा जीवनभर छोड्दैन ।
मदन मल्ल छाया
लागूपदार्थको नशाभन्दा प्रेमको नशा खतरनाक हुन्छ, किनभने लागूपदार्थ खाएपछि नशा लाग्छ अर्थात् थाहा पाएर तर प्रेममा नशा लागेको थाहै हुँदैन, न भोक न प्यास बनाउँछ ।
डिल्लीराम धिमाल
दुवै खतरनाक हुन् । दुवैले हानि गर्छन् । यस्तोबाट बच्ने एक मात्र उपाय हो आफ्नो मनलाई काबुमा राख्नु ।
दीपक खड्का
प्रेम र लागूपदार्थलाई दाँज्न मिल्दैन, बरु प्रेमको अभावका कारण मानिसहरू लागूपदार्थको कुलतमा फस्छन् ।
गाउँले सोझो मान्छे
प्रेमको नशा घातक हुन्छ । लागूपदार्थको नशा त आजको भोलि छाड्न सकिन्छ तर प्रेमको नशा सास नजाउन्जेलसम्म छाड्न सकिँदो रहेनछ ।
सुदिप श्रेष्ठ
प्रेमको नशा बिफल भएरै लागूपदार्थको नशा लाग्ने हो । त्यसैले प्रेमको नशा खतरनाक हुन्छ ।
होम आँसु मगर