साप्ताहिक संवाददाता
नेताहरूले गरिबहरूले भोगेको कष्ट बिर्सनु हुँदैन । देशलाई कसरी आत्मनिर्भर बनाउने भन्ने विषयमा सोच्नु उपयुक्त हुन्छ ।
राजाराम रायमाझी, पालुङ
भूकम्पका नाममा केही नेता र व्यक्तिले ब्रह्मलुट गरिरहेका छन् । वास्तविक पीडितहरू भने कष्टकर जीवन जिउन बाध्य छन् । राहत तथा सहयोग वास्तविक पीडितसम्म पुग्नुपर्छ ।
स्वीकृति बराल
देशभरि नै सार्वजनिक शौचालय निर्माण हुनुपर्यो । खासगरी राजमार्ग, काठमाडौंका सडक र सार्वजनिक स्थल एवं पार्कहरूमा ।
लोडसेडिङ
देशमा चित्त बुझ्ने एउटै कुरा छैन । सबैतिर सकारात्मक परिवर्तन आवश्यक छ अन्यथा युवाशक्ति पलायन हुने क्रम रोकिनेछैन ।
नारायण खनाल
सहरमा डेरा गरी बसेका विद्यार्थी तथा आमजनतालाई ग्याँस, पेट्रोल तथा अन्य सामग्रीको अझै अभाव छ । नाका खुलेर पनि चर्कै अभाव सामना गरिरहनुपर्ने कारण के हो ?
महेश जोशी
तत्काल राष्ट्रिय सुरक्षा एवं राष्ट्रिय योजना नीति बन्नु आवश्यक छ । औद्योगिक विकास, खानी तथा जलविद्युत्को विकासमा जोड दिनु पनि उत्तिकै जरुरी छ ।
दिवस शर्मा