साप्ताहिक संवाददाता
चैत्र ७, २०७२
नेपालमा होली अर्थात् फागुपूर्णिमा मनाउने चलन फरक–फरक छ । भक्तपुरमा भने अनौठो तरिकाले होली मानिन्छ । स्थानीय दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा लिंगको आकृति भएको काठ र रातो कपडाको योनि एक–आपसमा जुधाएर होलीको सुरुवात गर्ने परम्परा छ । यसलाई भीमसेनको लिंग र कपडामा बनाइएको प्वाललाई द्रौपदीको योनिका रूपमा लिइन्छ ।
फागुन शुक्ल अष्टमीका दिन भीमसेन मन्दिरमा राखिएको लिंग अर्थात् लगलाई टोल–टोलमा घुमाएर पुन: मन्दिरको पाटीमा राखिन्छ । टोल–टोलमा पूजा गरी उक्त लगलाई पाटीमा ल्याएर झुन्ड्याइन्छ ।