चैत्र १०, २०७२
तेस्रो भोजपुर आइडल भोजपुर होम्ताङका नवीन राई भएका छन् । कटुन्जे युवा क्लबद्वारा आयोजित तेस्रो भोजपुर आइडलको फाइनल चरणका १० प्रतियोगीमध्ये राईले उपाधि चुमेका हुन् ।
फाइनलमा गायक तथा संगीतकार गणेश रसिक, गायिका मेलिना राई, संगीतकार मनोज साङ्सोङको निर्णय तथा भोटिङका आधारमा राई तेस्रो भोजपुर आइडल घोषित भएका हुन् । प्रतियोगिताको उत्कृष्ट ४ मा बिर्सिमान राई, राजकुमार राई, आयुष राई र नवीन राई रहे ।
भोजपुरको सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा प्रतियोगीहरूको प्रस्तुतिसँगै गायिका मेलिना राई, गायक देवेश राई आदिले पनि मनोरञ्जन प्रदान गरेका थिए । चौथो भोजपुर आइडलको छनौटसमेत सुरु हुन लागेको आयोजकहरूले बताएका छन् ।