साप्ताहिक संवाददाता
चैत्र १५, २०७२
राजवको नयाँ उपन्यास ‘सोटिट’ प्रकाशित भएको छ । तराईबाट काठमाडौं पढ्न आएको एउटा केटाको कथा हो– सोटिट ।
यो उपन्यासमा एउटा केटाको कथा मुख्य भए पनि मानव जीवनका धेरै पत्रहरू समानान्तर रूपले आएका छन् । तराईको वस्तुस्थिति तथा समाजलाई मिहिन ढंगमा केलाइएको सोटिटले पञ्चायतकालीन काठमाडौंको सामाजिक वस्तुस्थितिलाई उजागर गरेको छ । भोजपुरी संवादले कथामा मिठास थपेको छ ।
हिप्पीकालीन काठमाडौंलाई पनि उपन्यासले रोचकताका साथ उठाएको छ । राजवले यो उपन्यासमा आफ्नो विशिष्ट भाषा शैलीलाई निरन्तता दिएका छन् । २ सय ४० पृष्ठको यो उपन्यास अर्किड बुक्सले प्रकाशन गरेको हो ।