साप्ताहिक संवाददाता
मोही पिउनुमै मज्जा नि ।
सरु बन, गायिका
मोही पिउँदा नै मज्जा आउला नि हैन ?
आमिर गौतम, नायक
मलाई चाहिँ मोही पिउनमै मज्जा आउला जस्तो लाग्यो, किनभने म्वाइँ जो पायो त्यसलाई दिन वा खान भएन, तर मोहीचाहिँ बजारमा किनेरै पिउन पाइन्छ ।
सम्पदा बानियाँ, मोडल
म्वाइँ त जुनसुकै मौसममा खाए पनि माया नै झल्कन्छ, गर्मीमा भने मोही खानुमै मज्जा ।
विष्णु सुवेदी, टेलिभिजनकर्मी
पहिले चिसो मोही, अनि च्वाप्प म्वाइँ ।
जेम्स प्रधान, गायक
दुवै, मोहीले तात्तातो मौसममा शीतलता प्रदान गर्छन् भने म्वाइँ खाएपछि तात्तिएर फेरि–फेरि मोही पिउन लालायित बनाउँछ ।
एलिस कार्की, संगीतकर्मी
हैट, खतरा प्रश्न पो आयो त हौ । गर्मीमा मोही पिउनुको मज्जा बेग्लै छ, अब म्वाइँ भनेको त ‘टप सिक्रेट’ कुरा पो हो त ।
बादल प्रसाइँ, गायक
म्वाइँ जुनसुकै मौसममा जतिबेला खाँदा नि आनन्द आउँछ, तर मोहीचाहिँ गर्मीमा मात्र मज्जा ।
भीम लिम्बू, गायक
म्वाइँ नै ठीक, कि कसो ?
अमित पोखरेल, नायक
कस्तो फन्नी प्रश्न ? गर्मीमा मोही पिउनु नै मज्जा, अब म्वाइँ खान त मन परेको मान्छे पनि हुनुपर्यो नि ।
सुरबिना कार्की, नायिका
म्वाइँ खान मज्जा, म्वाइँ खाएपछि उनकै हातबाट मोही पिउन पाए डब्बल मज्जा ।
आकाश खड्का, टेलिभिजनकर्मी
पाए त दुवै, तर गर्मीमा स्वास्थ्यका लागि पनि मोही पिउनु हितकर हुन्छ ।
सविन श्रेष्ठ, नायक
नो म्वाइँ, वन्ली मोही ।
एनि कुँवर, नायिका
गज्जबको प्रश्न पो आयो त । गर्मीमा त चिसो मोही पिउनुमै मज्जा, म्वाइँचाहिँ जाडो मौसममा उपयुक्त हुन्छ ।
कमल श्रेष्ठ, ग्ल्यामर फोटोग्राफर
पक्कै पनि मोही पिउनुमै मज्जा नि ।
नलिना चित्रकार, गायिका
म्वाइँ खान मौसमको कुनै मतलब नगरे हुन्छ, तर मोही पिउन त गर्मी नै चढ्नुपर्छ ।
कमलमान सिंह, गायक
मोही पिएपछि मुख मिठ्याएर म्वाइँ खान मज्जा ।
गणेशदेव पाण्डे, निर्देशक
मोही पिउँदा मेरो घाँटीमा एलर्जी हुन्छ, त्यसैले म्वाइँमै मज्जा ।
अर्जुन अधिकारी, म्युजिक भिडियो निर्देशक
गर्मीमा पसिना आएको बेला म्वाइँ पनि नुनिलो हुन्छ, त्यसैले नुनिलो म्वाइँभन्दा रसिलो मोही नै मिठो । विजय बराल, रंगकर्मी
मोहीको साथमा पाएसम्म प्रियतमको म्वाइँ पनि ।
सान्द्रा पुन, सौन्दर्यविज्ञ
दुवै, किनभने दुवैले शीतलता प्रदान गर्छन् ।
सीताराम कट्टेल, धुर्मुस