साप्ताहिक संवाददाता
चैत्र १९, २०७२
काठमाडौंमा बढ्दै गएको डिस्को संस्कृतिलाई मध्यनजर गर्दै पर्यटकिय क्षेत्र ठमेलमा नयाँ डिस्को थेकको रुपमा इबिजा संचालनमा आएको छ ।
लाइभ म्युजिक देखि डिजेइङ समेत रहेको इबिजाको उद्घाटनमा विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको उपस्थिती रहेको थियो । उद्घाटन समारोहमा गायिका श्रेया सोताङ, कमल खत्री लगाउतले गीत गाएका थिए भने संदिप क्षेत्रीले स्ट्याडिङ कमेडी प्रस्तुत गरेका थिए ।