साप्ताहिक संवाददाता
अहिले कृति राम्रा भएर मात्र हुँदैन, कुन पुस्तक कति बिक्री भए भन्ने कुराले पनि महत्व राख्ने गरेको छ । प्रत्येक वर्ष चर्चित पुरस्कार घोषणा हुनुअघि कुन पुस्तकलाई पाठकले बढी मन पराए त्यसको छुट्टै लेखाजोखा राख्न थालिएको छ । पुरस्कारको घोषणा भएपछि भने यो सूची अलिकति तलमाथि पर्न सक्छ ।
यो सूची पुस्तक प्रकाशन भए यता चैत १५ गतेसम्मको बिक्रीको रेकर्डका आधारमा तयार पारिएको हो । सुचीलाई विश्वसनीय बनाउन काठमाडौंभित्र र बाहिरका प्रमुख पुस्तक पसलले दिएको सूचना र प्रकाशकहरूको दावी दुवैलाई आधार मानिएको छ ।
करोडौं कस्तूरी- अमर न्यौपाने
फिरफिरे- बुद्धिसागर
काँचुली- रोशन दाहाल
कूटनीति र राजनीति- रमेश नाथ पाण्डे
वीरगन्ज- गिरीश गिरी
डार्लिङ हार्वर- निष्प्रभ सजी
काठमाडौं सेल्फी- प्रकाश सायमी
धरातल- शारदा भूसाल
वृषव वध- नारायण ढकाल