साप्ताहिक संवाददाता
यो वर्ष प्रकाशित पढ्नैपर्ने पुस्तकको सूची धेरै लेखक एवं समालोचकहरूसँग मागिएको थियो । तीमध्ये अधिकांशले यो वर्ष पढ्न लायक कुनै पनि कृति नस्किएको र निस्किहाले पनि दशवटा कृति पुर्याउन नसकिने बताए ।
तैपनि करिब २२ जनासँग हामीले वर्ष २०७२ मा प्रकाशित राम्रा कृतिको नामावली माग्यौं । जसमा केहीले २–४ वटाको मात्र नाम दिन सके भने केहीले १० वटै कृतिको नाम दिए । यो नामावली माग्दा पढन्ते भनिएका व्यक्तिहरू पनि बजारमा वर्षभरी निस्किएका आधा पनि पुस्तक पढ्दैनन् भन्ने कुरा पनि खुल्न आयो । अर्को कुरा, कतिपय लेखक आफ्ना समकालीन लेखकका पुस्तकको नाम पनि लिन चाहँदैनन् भन्नेसमेत देखियो ।
फिरफिरे- बुद्धिसागर
देब्रे आँखा- रेशम विरही
एक्लो नायक- हरि अधिकारी
काठको बाकस- चन्द्र घिमिरे
पहेँलो घाम- विष्णु भण्डारी
जीवन एक सपना- शंकरप्रसाद उप्रेती
सिमानाको रंग सिमानाको तरंग- दामोदर पुडासैनी
सुप्लाको हवाइजहाज- भूपिन
वीरगन्ज- गिरीश गिरी
उज्यालाका बीउहरू- सरोजप्रसाद धिताल