साप्ताहिक संवाददाता
चैत्र २९, २०७२
बालकुमारीस्थित १९९९ एडी ब्याङक्वेटमा गत शुक्रबार साँझ एक स्तरिय फेसन सोको आयोजना गरियो। कुल पाँचवटा सिक्वेन्सहरु रहेको सोमा कुर्था, सारी, लहंगा, पार्टी गाउन आदिलाई आकर्षक मोडलहरुले ऱ्याम्पमा प्रदर्शन गरे । करिब एक घण्टा चलेको फेसन सोमा गर्जियस इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी अर्थात् ‘गिफ्ट’बाट प्रशिक्षित विभिन्न डिजाइनरहरुले सिर्जना गरेका पहिरनहरु मोडलहरुले क्याटवाक गर्दै प्रदर्शन गरेका थिए । मिस नेवा: एञ्जल श्रेष्ठ सोजटपर रहेको कार्यक्रममा नेप्लिज फेसन होमकी हेमा मानन्धर, वी विल राइजका निर्मल श्रेष्ठलगायत अतिथि थिए ।
कार्यक्रमका प्रमूख अतिथि साप्ताहिकका प्रधान सम्पादक सुवास ढकालले कार्यक्रमको अन्त्यमा सहभागीहरुलाई प्रमाणपत्र तथा ट्रफी वितरण गर्नुभएको थियो । सोपछि डान्स पार्टीमा परिणत भएको थियो ।
-