साप्ताहिक संवाददाता
वैशाख ४, २०७३
अभिनेत्री झरना बज्राचार्य आमा भएकी छिन् । पहिलो सन्तानका रूपमा झरनाले छोरा जन्माएकी हुन् । गत शनिबार मलेसियाको एक अस्पतालमा झरनाले करिब साढ ३ किलो तौलको छोरा जन्माएकी थिइन् ।
झरनाले छोराको नाम इशान राखेकी छिन् । विवाह गरेको एक वर्षपछि झरना आमा बनेकी हुन् । झरनाले गत चैतमा मलेसियामा बसोबास गर्ने भारतीय व्यापारी राहुल अग्रवालसँग प्रेमविवाह गरेकी थिइन् ।