वैशाख ९, २०७३
इलाममा सम्पन्न मिस इलाम कलेज आइकन–२०१६ को उपाधि इलामकी अनन्या सुवेदीले जितेकी छिन् । फाइनलमा अलका राई फस्ट रनर्सअप तथा श्रीषा राई सेकेन्ड रनर्सअप घोषित भए ।
महिलाहरूको आत्मविश्वास, व्यक्तित्व विकास, समय व्यवस्थापन, नारी हिंसा, स्वास्थ्य एवं ट्राफिक सचेतनाजस्ता विषयमा प्रशिक्षण दिई उनीहरूको जीवनलाई थप अघि बढाउन युथ अवरनेश क्याम्पेन (युवा सचेतना अभियान) नेपाल सुनसरीले क्याम्पस अध्ययनरत अविवाहित छात्राहरूका लागि यो प्रतियोगिता सञ्चालन गरेको थियो ।