साप्ताहिक संवाददाता
वैशाख ११, २०७३
हेटौंडामा सम्पन्न हेटौंडा आइडलको उपाधि हात पारेको महिना दिनमै दीपराज केसीले जिल्लाको थाहानगरमा सम्पन्न मकवानपुर आइडलको उपाधि हात पारेका छन् । ३ भदौ २०७२ मा प्रारम्भ भएको मकवानपुर आइडलको विभिन्न अडिसनबाट केसीले ३ सय ४६ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेका हुन् ।
यो प्रतियोगितामा गोगनेका दीपक कालिराज दोस्रो, थाहा नगरपालिकाका सरोज प्रधानले प्रतियोगितामा ‘भ्वाइस अफ लेडी’ मकवानपुर चित्लाङकी सिर्जना कपाली घोषित भइन् । उनलाई चलचित्र निर्देशक शोभित बस्नेतले नेपाली चलचित्र अग्नि पथ–२ मा गीत गाउने अवसर प्रदान गर्ने बताए ।