साप्ताहिक संवाददाता
जबसम्म हरेक नेताले मेरो देश, मेरो जनता अनि मात्र म भन्न सक्दैनन्, तबसम्म नेपालमा कुनै पनि गरिबको न्यूनतम आवश्यकता पूरा हुन सक्दैन । न त शिक्षा न गाँस न कपास, सुरक्षा त झन परको कुरा हो ।
अनिता आचार्य, नायिका
यसमा सबैभन्दा ठूलो कमजोरी सरकारकै छ, अनि एनजिओ तथा आइएनजिओको लोभ–मोहमा अशक्त भएर बसेका जनताको पनि कमजोरी छ ।
मदन गोपाल, गायक/संगीतकार
पहिलो कुरा, सरकारले पुनर्निर्माण प्राधिकरण गठन गर्न समय लगायो । दोस्रो कुरा, वास्तविक भूकम्पपीडितको पहिचान गर्न सरकार चुक्यो ।
दिनेश शाही, मोडल/अभिनेता
किन नहुनु भूकम्पपीडितहरूको तस्बिर देखाउँदै विदेशीदातासँग अझै रकम बटुल्दै छन् । पीडितहरू सम्पन्न भए भने कुन तस्बिर देखाउनु ? फेरि जति ढिलो, माथिकालाई त्यति राहत किलोका किलो ।
उज्जु डार्लिङ
केहीलाई छोडेर, बिचौलियाहरूको हातमा राहत रकम र सामान परेकाले ।
अनिल स्थापित, डिजाइनर/फोटोग्राफर
देशभन्दा पार्टीलाई सर्वपरि तथा जनताभन्दा कार्यकर्तालाई महान मान्नुको परिणाम हुन् यी ।
राम केएसी, रंगकर्मी
भूकम्पपीडितहरूको त्रिपालसमेत नेताले लाने देश हो नेपाल । राहत त सपनाको कुरा ।
गोपाल ढकाल, छन्दे
अधिकार माग्ने अशक्त अनि कर्तव्य निभाउनेहरू बलशाली भएकाले होला ।
नम्रता केसी, नृत्याङ्गना
पीडितहरू आफूले पनि केही पहल नगर्नु अनि सरकारले पनि हात बाँधेर बस्दा यस्तो भए हो जस्तो लाग्छ मलाई त ।
कृति खरेल, मोडल
सरकार आफ्नो कुर्सी जोगाउने उपाय खोज्नमा व्यस्त छ । कर्मचारीतन्त्र आएको अनुदान तथा कमिसन जोगाउन व्यस्त छ । जनता के गर्दा हुन्छ, भन्ने तरिका खोज्दैमा अलमलिएका छन् । आशान्त शर्मा, रंगकर्मी
सरकार जनताप्रति उत्तरदायी नहुनु, नेताहरूमा इमान्दारिताको कमी तथा हामी जनता चेतनशील नहुनु ।
प्रदीपकुमार उदय, निर्माता
सरकार लाचार भएकाले ।
थानेश्वर गौतम, संगीतकार/गायक
यसलाई सरकारको सफलता भन्दिऊँ । नेपालमा देश र जनताका लागि काम गर्ने दल अनि देश विकासलाई कार्य दिशा बनाएर चल्ने सरकार नबनुञ्जेल यस्तै हो मित्र ।
विशाल भण्डारी, म्युजिक भिडियो निर्देशक
प्रश्न एउटा भए पनि यसका जवाफ थुप्रै छन् । सरकार नक्चरो, कर्मचारी लबस्तरो र जनता भुलक्कड भएर । भ पुनर्निर्माण र राहतका लागि मानवियताको खाँचो पर्छ । हामीले मानवीयतालाई ‘आफ्नो’ र ‘अरु’को तराजुमा तौलिदैंछौ ।
सोमनाथ खनाल, रंगकर्मी
अर्को ठूलो भूकम्पको प्रतीक्षा गरेर एकै पटक राहत बाँडने सोच पो हो कि ?
दिपाश्री निरौला, निर्देशक/कलाकार
सरकार बेकार सावित भयो । उखान टुक्का र गफले पुनर्निर्माण हुँदैन ।
जितु नेपाल, हास्यकलाकार
कमजोर योजना अनि अपारदर्शी अनुदानका कारण यस्तो भएको हो भन्ने मैले बुझेको छु ।
सञ्जोग कोइराला, नायक
भूकम्पपीडितका लागि छुट्याइएको राहत सही रूपमा परिचालित नहुनु र बीचमा भष्ट्राचार गरिनुले यी समस्या आएका हुन् ।
गजित बिष्ट, नायक
शतप्रतिशत हामी र हाम्रो सरकारको कमजोरी ।
कमल श्रेष्ठ, फोटोग्राफर
भौगोलिक विकटताका कारण समयमै राहत र उद्धार गर्न कठिनाइ भयो । भूकम्पसँग लडिरहदाँ नाकाबन्दीको मार खेप्नु पर्यो । पुनर्निर्माणभन्दा दैनिक आवश्यकताको जोहो गर्न मै सबै व्यस्त भए । दलका स्थानीय प्रतिनिधिहरूको स्वार्थले पनि समयमा पुनर्निर्माण हुन नसकेको हो ।
हेमा मानन्धर, इभेन्ट व्यवस्थापक